Saturday, September 10, 2016

काठमाडौं – सगरमाथा आरोहण गरेको झुठो दाबी गर्ने भारतको पुणे सहरका एक प्रहरी दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको भनेर ती दम्पत्तिले दाबी गरे पनि उक्त दाबी झुठो भएको पुष्टि भएको छ ।

पुणे प्रहरीमा कन्सटेबल रहेका ३० वर्षीय दिनेश र तार्केश्वरी राठौरले गत जुन ५ मा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले सफलतापूर्वक सगरमाथाको आरोहरण गरेको र यसो गर्ने आफूहरु पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेका थिए । उनीहरु पुणे प्रहरीको शिवाजीनगर प्रहरी हेडक्वाटरमा कार्यरत छन् ।
पुणे प्रहरीका कमिस्नर रश्मी शुक्लाले इन्डियन एक्सप्रेससँग कुरा गर्दै नेपाल सरकारले उनीहरुलाई १० वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेकी छिन् । नेपाली अधिकारीहरुले यसबारेमा पुणे प्रहरीलाई पत्र पठाएको उनले बताएकी छिन् ।

‘नेपाल सरकारले दुई जनाले ढाँटेको भनेर पुष्टि गरेको छ । दुवैले प्रहरीको मात्र नभएर देशकै छवी धुमिल बनाएका छन्,’ उनले भनिन् । उनले दुवै माथि कडा कारवाही गरिने बताइन् ।
इन्डियन एक्सप्रेसका अनुसार उनीहरु पक्राउ नपरे पनि उनीहरुको घटुवा वा बढुवा रोक्का हुन सक्ने बताएका छन् ।

के थियो मामिला ?


दिनेश राठौर र तार्केश्वेरी राठौर दम्पत्तीले २३ मेमा सगरमाथा आरोहण गरेको दाबी गरेको थियो । तर केही सगरमाथा आरोहीहरुले उनीहरुको दाबी झुठो रहेको भन्दै उनीहरु सगरमाथाको चुचुरोमा नपुगेको आरोप लगाएका थिए । राठौर जोडीले सगरमाथाको टुप्पोमा खिचेको भनिएको तस्विर फोटोसपबाट बनाइएको उनीहरुको दाबी थियो ।

यता तार्केश्वरीले आफ्ना श्रीमान्सँग सगरमाथाको चुचुरोमै पुगेको बताएकी थिइन् । २३ मेमा सगरमाथा आरोण गरे पनि राठौरले जून ५ मा पत्रकार सम्मेलन गर्दै सगरमाथा पुग्ने सपना साकार भएको बताएका थिए ।
तर, पुणेका एक आरोही सुरेन्द्र सिल्केले उनीहरुको दाबीमाथि प्रश्न उठाए । उनी उनीहरुले सगरमाथा चढेको मान्न तयार थिएनन् । सुरेन्द्र पनि यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएको भारतीय टोलीका एक सदस्य थिए । उनका अनुसार यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका थì#2367;ए ।

उनीहरुले सगरमाथा चढेको नभएर अरुले चढेको तस्विरलाई फोटोसप गरेर आफ्नो अनुसार राखेको उनको दाबी थियो । यस्तो मामिला सार्वजनिक भएपछि नेपाल सरकार र भारत प्रहरीले दुवैले अनुसन्धान शुरु गरेको थियो ।



नेपालीको पनि बदमासी


उनीहरुको बदमासीमा नेपाली ट्राभल एण्ड टुर कम्पनीले पनि साथ दिएको थियो । मकालु एडभेन्चर नामक कम्पनीले उनीहरुको सगरमाथा आरोहणको व्यवस्थापन गरेको थियो । त्यही कम्पनीले नै नक्कली तस्विर बनाएको थियो भने त्यसलाई आफ्नो वेभसाइटमा पनि राखेको थियो । विवाद बढेपछि भने उक्त तस्विर उनीहरुले वेभसाइटबाट हटाएका थिए ।

कम्पनीका मोहन लम्सालले भने उक्त अरोपको खण्डन गरेका थिए । उनले भनेका थिए, ‘उनीहरुलाई हाम्रो कम्पनीमा वर्षौदेखी काम गरिरहेका शेर्पाहरुले चुचुरोसम्म लगेका हुन् । उनीहरु मे २३ मै सगरमाथा आरोहण गर्न सफल भए ।’ लम्सालले अनुसार तार्केश्वरी राठौरलाई फर्कने क्रममा निमोनियासमेत भएको थियो । एक सातासम्म उपचार गराएपछि मात्रै उनले भारत फर्किएर आरोहण सफल भएको घोषणा गरेकी थिइन् ।

Source - ratopati.com


0 comments:

Facebook Blogger Plugin by Best Solution Enhanced by Get this widgetDevelop by Amit Gubhaju

Post a Comment

Followers

Video

Online earning in Nepal

Popular Posts