Friday, April 24, 2015

पाकिस्तान, बैशाख १२ – पाकिस्तानकी चर्चित मानवअधिकारकर्मी सबीन महमूदलाई कराँचीमा गोली हानी हत्या गरिएको छ । हिजो साँझ ३८ वर्षीया सबीनमाथि बलूचिस्तानमा अपहरण र उत्पीडन विषयमा आयोजित एक सेमिनारबाट आफ्नी आमाको साथमा फर्किदैं गर्दा अज्ञात बन्दूकधारीले हमला गरेका थिए । death car उनलाई अस्पताल लैंजादैं गर्दा बाटैमा मृत्यु भएको र उनको शरिरबाट ५ वटा गोली निकालिएको चिकित्सकले बताएका छन् ।
सबीनकी आमालाई पनि गोली लागेकाले उनको पनि उपचार भैरहेको र उनको अवस्था गम्भीर रहेको बताईएको छ । सैमिनार पहिले लाहोरमा हुने योजना बनाईएपनि सबीनले पछि कराँचीमा नै सम्पन्न गराएकी थिइन् ।
सबीन एक बुक स्टोर, द सेकेण्ड फ्लोर की निर्देशक थिइन् । कराँचीमा अवस्थित उक्त स्टोरमा मानवअिधकारको विषयमा नियमित रुपमा विचार विमर्श हुने गर्दथ्यो । वर्तमान अवस्थामा पाकिस्तानले सामना गरिरहेको चुनौतीका विषयमा विद्यार्थी र सामाजिक कार्यकर्ताकासंग सबीनले नियमित छलफल गर्ने गर्थिन् । सबीनकोे मृत्युभएपछि सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जली दिनेहरुको लर्को लागेको छ । source: ratopati

Thursday, April 16, 2015

इस्लामाबाद, २ वैशाख । पाकिस्तानले बुधबार पारमाणविक क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको जानकारी त्यहाँको सेनाले दिएको छ ।

गौरी ब्यालेस्टिक क्षेप्यास्त्रले एक हजार ३०० किलोमिटर दुरीसम्म प्रहार गर्नसक्ने र यसमा परम्परागत तथा पारमाणविक विस्फोटक पदार्थ दुबै रहनसक्ने जानकारी दिइएका छ ।
एक महिना अगाडि पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने पारमाणविक क्षमताको साहिन तेस्रो क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रले दुई हजार ७५० किलोमिटरको दुरीमा प्रहार गर्नसक्ने अनुमान गरिएको छ ।
सेनाले गौरी क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण त्यसको सञ्चालन तथा प्राविधिक तयारीमा भएको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
भारत पाकिस्तानबीच जारी कश्मिर विवादमा भारतसँग लड्न पास्तिानले यस्तो प्रविधिको क्षेप्यास्त्र बनाएर सफल परीक्षण गरेको हो । यता भारतले केही महिना अगाडी यस्तो क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । रासस/एएफपी
इन्डोनेसियाको जकार्ता विमानस्थलमा एक विमान उडान भर्ने क्रममा आगो लागेपछि विमान चालक अकस्मात चालकको कक्षबाट हामफालेका छन्।

यसरी हामफालेर भाग्न खोज्ने विमानचालक सामान्य घाइते भएका र उनको उपचार जारी रहेको छ । बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ ।
सो विमानस्थलबाट विमान उड्नैलाग्दा विमानमा आगो लागेको देखिएपछि विमान चालक सुरक्षाका लागि भाग्न खोजेको बताइएको छ ।
इन्डोनेसियाली सेनाको लडाकू विमानमा सो खराबी देखिएको थियो । सैनिक प्रवक्ता अगुस सुप्रियन्ताले विमानको इन्जिनमा खराबीका कारण धुवाँको मुस्लो निस्किएको र एकैछिनमा आगो लागेको जानकारी दिए।
इन्डोनेसियाली सेनाको एफ १६ नामक सो विमानमा के कति कारणले समस्या देखा पर्‍यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको पनि सैनिक प्रवक्ताले जानकारी दिएका छन्।
सो विमानमा रहेका सैनिकहरु सबै सकुशल रहेका छन् । सो विमान संयुक्त राज्य अमेरिकाले केही समयअघिमात्र इन्डोनेसियालाई सहयोगस्वरुप दिएको थियो । रासस/एएफपी

Friday, April 10, 2015

काठमाडौं, चैत्र २७ । मुम्बई बमकान्डका ‘मास्टरमाइन्ड’ जकीउर रहमान लखवी जेलबाट रिहा भएका छन् ।

पाकिस्तानको लाहौर उच्च न्यायालयले लखवीलाई नजरबन्दबाट समेत मुक्त हुने गरी १० लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

लखवी सन् २००८ को मुम्बई हमलाका ६ जनामध्येका प्रमुख योजनाकार मानिन्छन् । अन्य ६ जनामाथिको मुद्दाकोफैसला हुन बाँकी नै छ ।

मुम्बई आक्रमणका बेला लखवी आतंकवादी समूह ‘लश्कर ए तोएबा’का प्रमुख रहेका थिए । भारत सरकारले लखवीलाई रिहा नगर्न बारम्बार गरेको आग्रहलाई लत्याउँदै पाकिस्तान सरकारले गरेको निर्णयले भारत सरकार रुष्ट बनेको छ ।

यसअघि भारत सरकारले उनलाई रिहा गरेको खन्डमा ब्विश्वभरका आतंकवादीहरुको हौसला बढ्ने भन्दै रिहा नगर्न अपील गरेको थियो ।

सन् २००८ मा भएको मुम्बई हमलामा १ सय ६६ जनाको ज्यान गएको थियो । (एजेन्सी) 

Followers

Video

Online earning in Nepal

Popular Posts