Tuesday, September 13, 2016

गौशाला—भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल भूमि प्रवेशगरी महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन्।

भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपाली भूभाग मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन्। सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन्।

उनीहरु भारतीय सुरक्षाकर्मीको लट्ठी र बुट आक्रमणबाट गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ। मधवापुर बजारबाट दुईजना भारतीय नागरिक तस्करी गरी दुई बोरा सिमेन्ट बोकेर नेपाल प्रवेश गर्न लाग्दा एसएसबीले सीमामा उनीहरुलाई रोक्न भनेका थिए। उनीहरु त्यहाँबाट भागेर नेपाल प्रवेश गरी मटिहानी–७ बाट अचानक बेपत्ता भएका थिए।

नेपालकै भूभागमा आएर मटिहानी–७ स्थित आफ्नो घरबाहिर बसिरहेका गणेश चौधरी र महेश महतोलाई एसएसबीले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्। चौधरीले दुई बोरा सिमेन्ट तस्करी गरेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरी आक्रमण गरेका हुन्। घटनाका कारण मटिहानी र मधवापुरको सीमा नाकामा स्थानीय र एसएसबीबीच तनाव पैदा भएको छ। रासस


0 comments:

Facebook Blogger Plugin by Best Solution Enhanced by Get this widgetDevelop by Amit Gubhaju

Post a Comment

Followers

Video

Online earning in Nepal

Popular Posts