नेपाल जस्तै सिक्किम पनि एक सार्वभौम सम्पन्न स्वतन्त्र हिमाली राज्य थियो । नेपालमा जस्तै सिक्किम मा पनि भारतको गिद्दे नजर थियो, त्याहाको साधन स्रोत माथि कब्जा गर्ने नजर थियो, जुन योजना भारतले अन्तत: सफल गराई छाड्यो । सिक्किम लाई दया, माया र सहयोग को प्रलोभन मा फसाएर भारत ले आफ्नो काम फत्ते गरेको थियो । शुरुमा सिक्किम लाई विकाश को लाभ देखाउदै ' सिक्किम रेडियो स्टेशन स्थापना गरेर सिक्किम लाई सहयोग गरे जस्तो गर्यो, र सिक्किम स्वतन्त्र राष्ट्रहो भन्ने सन्देश विश्व लाई दिन पछि परेन भने कुनै पनि वाह्य देश बाट हुने आक्रमण बाट बचाउने प्रतिबद्दता गर्दै सिक्किम लाई आफ्नो सुरक्षा छाता मा राख्यो । भारत माथि सिक्किमले ठुलो विश्वाश गरेर आफ्नो सम्पुर्ण सुरक्षाको जिम्मा भारत लाई दियो । त्यो नै सिक्किमको ठुलो भुल साबित भयो । सिक्किमको विश्वाशको फाईदा उठाउदै एकदिन सिक्किममा खचाखच भारतिय सेना आए । ती किन आए त्याहाको दरबारलाई थाहा थिएन । ६/७ सय मिट टाढाबाट दरवारकोको ढोकामा पुगेको अनायास रुपमा द्वारपालेलाई गोली हानेर मार्यो । अस्त्रशस्त्र समर्पण गर्ने चेतावनी पनि दिईएन । सन् १९७१ को पुर्वी पाकिस्तानको पतनपछि पाकिस्तानी बन्दीहरुलाई जे व्यवहार गराएको थियो त्यही व्यवहार त्याहा गरियो र भाग्ने चेष्टा गरेको खण्डमा गोली हानिने चेतवानी पनि दिईएको थियो । ३० मिनेटको समयमा सबैलाई निशस्त्र पारियो । सुनन्दा रायका अनुसार त्यस आक्रमणमा चोईग्याल मारिएको भए इण्डियन निजामतिका 'रअ' का कर्मचारी बढी खुशी हुने थिए । ईण्डीयासँग सिक्किमको कुनै दुश्मनी थिएन, विबाद र कुनै गल्ती पनि गरेको थिएन । बरु सिक्किमलाई त ईण्डीयाले देशको संरक्षकत्व बहन गरिदिन्छ भन्ने आशा थियो । बेईमानि र दुष्टको कुनै ओषधि हुदैन । चोइग्याल लाई थाहा नदिई एक्कासि हामला गर्नु पनि 'रअ' को ग्राइण्ड डिजाईन नै थियो । थाहा पाएको भए गार्डले केही दिन थेग्न सक्तथ्यो जुन बेलासम्म विश्व समुदायको आखाँ पर्न सक्तथ्यो । अन्नतत: भारतले सिक्किम लाई बाह्य देशको आक्रमण बाट बचाई राख्ने जिम्मा लिएको थियो तर उसैले नै सिक्किम माथि आक्रमण गरेर आफ्नो देश बनाएको थियो । भारतले सहयोग र मदतको नाम मा सिक्किम को काम फत्ते गर्यो भने भुटान लाई आफ्नो सुरक्षा छाता भित्र राखेको छ , जन गल्ति ले गर्दा सिक्किम को काम फत्ते भयो ।
Thursday, September 8, 2016
8:02 AM
Admin
history
No comments
किराती हरुको शासनकाल कमजोड भएपछि नेपाल ५४ भागमा बिभाजित भयो यसरी बिभाजित भएको नेपाललाई गोरखा का राजा पृथिबीनारा़ण शाहाको साहस र गोर्खेली सेनाको अटले एकिकरण गर्न तम्सिए र वि.स. १७९९ बाट वि.स १८६३ सम्म सेना पति अमर सिह थापा सम्म आई पुग्दा नेपालको सिमाना पुर्वमा टिस्टा देखी पस्श्चिममा सतलज सम्म एकिकृत भएर बिशाल नेपालको रचना भयो। तर 1 Nov 1814 का दिन ईस्ट ईन्डिया कम्पनिको तर्फ बाट जनरल हिस्टिगंस् ले नेपाल बिरुद्द बिधिवत युद्धको धोषणा गरे । ५ ठाउ बाट अग्रेजले नेपालमा आक्रमण गर्यो । जस्मा नेपालले नेपाल ले ३ ठाउमा विजय हात पार्यो भने २ ठाउमा कपट पुर्ण हारको शिकार बन्यो नेपाल। यसरी पराजयको शिकार बनेको नेपाल माथी अग्रेज ले असमान र अन्याय पुर्ण सुगौली सन्धी गर्न मजबुर पारीयो तर नेपाल त्यस्तो असमान संधि गर्न राजि नभए पछि अग्रेजले जितेका तराईको केही भू- भाग फिर्ता गर्यो र सन् 1815 Dec 2 का दिन नेपालको तर्फ बाट चन्द्र शेखर उपाध्याए र गजराज मिश्र र ईस्ट ईन्डीया कम्पनि तर्फ बाट लेफ्टेनेन्ट कर्नेल ब्राडशाहा बिच नवलपरासीमा सुगैली संधिमा हस्ताक्षर भयो र नेपाल ले एक तिहाई भू-भाग ईस्ट ईन्डीया कम्पनि लाई सुम्पनु पर्यो ।
सन् 1857 मा भारतमा ईस्ट ईन्डीया कम्पनि सरकारको बिरुद्दमा चलेको सिपाही बिद्रोहमा जंगबहादुर ले सेना सहित ठुलो सहयोग गरे त्यस बाट खुसी भएर ईस्ट ईन्डीया कम्पनि सरकार ले 1860 Nov मा सुगैली संधि अनुसार नेपाल ले गुमाएको भू-भाग मध्ये बाँके, बर्दिया,कैलाली र कंचनपुर फिर्ता दियो । यसरी सुगौली संधि पछि २ पटक नेपालको भू-भाग फिर्ता भएपछि बर्तमान को नेपाल बन्यो सन् 1947 मा बेलायत (ईस्ट ईन्डीया कम्पनि) द्वारा भारत स्वतन्र भयो र अगस्ट १४ र १५ तारिखमा पाकिस्तान र भारतको स्थापना भयो । छिमेकी मुलुकको नाताले भारत संग नेपालको सन् १९५० मा नया संधि भयो । सन् १९५० मा भारत संग भएको संधिले बेलायत (ईस्ट ईन्डीया कम्पनि ) संग भएको सबै सन्धि हरु रद्द गर्यो अर्थात सुगौली सन्धि पनि रद्द भयो । !!!!!!!! त्यसै समय सन् १९५० को नेपाल–ब्रिटेन (ईस्ट ईन्डीया कम्पनि ) सन्धिबाट पनि सुगौली सन्धि खारेज भईसकेको छ । यसर्थ सुगैली सन्धि बाट गुमेको पश्चिमको कुमाउ र गढवाल अनि पूर्वमा दार्जिलिंग र सिक्किम स्वत नेपालको हुन आउछ । तर बास्तबिकता मा यस्तो भएको छैन । भारतको संविधान मा पनि ति भू-भाग हरु भारतको हो भनेर उल्लेख गरियको छैन । यसै मुद्दा मा भारतको सुप्रिम कोर्ट ले पनि सम्बैधानिक रुपले गलत ठह्रायर मुद्दा खारेज गर्न सकेन र सबैधानिक रुपमा नुरुपण गर्दा ति भू-भाग फिर्ता गर्नु पर्ने स्थिती आए पछि राजनैतिक मुद्दाको करार दएर राजनैतिक रुपमा समाधान खोज्न भन्यो । तर भारतको दब दबा रहेको नेपालको राजनितिमा कुनै नेताले यो बिषयमा कुरा उठाउने साहस भएन र यस्तो फैसला ले भारत लाई फाईदा पुग्यो र नेपाली लाई घाटा!! यदि हाम्र नेताहरुले त्यो भूमी मागेर विश्व अदालतमा कुरा मात्र उठाउन सकेमा पनि सबै देँश ले यहा सम्म की UN ले पनि सहायता गर्छ र विश्व अदालतको निर्णय नेपालको पक्षमा गर्ने छ तर हाम्रा नेता हरु नउठ्नुनै हामी नेपाली माथि घात भएको छ। हाम्रो ईतिहास केवल विरता र गौरवको मात्र होईन थुप्रै पराजय, असफल र भोग्नु परेको अन्याय को पनि हो। ईतिहासमा र बिभिन्न काल खण्डमा भएका त्रुटि, गल्ती र ईतिहासमा भएका अन्याय हरुलाई सच्चाउने अधिकार ति देशका जनता र राष्ट्र लाई जहिले पनि हुन्छ नया सोच र द्रिष्टी ले जब ईतिहास खोतल्न सुरु हुन्छ तब ईतिहास ले नयाँ र युगान्तकारी र प्रगतिशील आधार हरु प्रदान गर्दै जान्छ ।

8:00 AM
Admin
history
No comments
किराँत काल मुख्य लेख: किराँत काल काठमाडौं उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडी यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एशिया, भारत र हिमालयबाट आएर बस्न थाले। किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ। लिच्छवी काल मुख्य लेख: लिच्छवी काल सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौंमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् । नेपाल एकिकरण विसं १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोच सँगै नेपालको एकिकरणको सुरुवात भयो। उनले प्रथम पटक नुवाकोटमा विसं १८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए। फेरी विसं १८०१ म दोस्रो पटक आक्रमण गरी उनले नुवाकोटमाथी विजय प्राप्त गरे। त्यसपछि उनले विसं १८१४ र विसं १८२१ मा किर्तिपुरको युद्धमा दुबै पटक नराम्रो हार ब्यहोर्नु पर्यो। यस युद्धमा किर्तिपुरेहरूले सेनापति कालु पाण्डेलाई मारिदिए र पृथ्वी नारायण शाह भाई सुरप्रतापको आँखा समेत फोडिदिए। विसं १८२२ चैत्र ३ गते पुन: किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे। पृथ्वी नारायणले विसं १८२५ भाद्र शुक्ल चर्दुशीमा काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको दिन पारेर आक्रमण गरेर जित हासिल गरे। यसपछि उनले क्रमश: विसं १८२५ आश्विन २२ मा ललितपुर, विसं १८२६ कार्तिकमा भक्तपुरमाथी विजय प्राप्त गरे।
Friday, April 24, 2015
10:48 PM
Admin
No comments
पाकिस्तान, बैशाख १२ – पाकिस्तानकी चर्चित मानवअधिकारकर्मी सबीन महमूदलाई कराँचीमा गोली हानी हत्या गरिएको छ ।
हिजो साँझ ३८ वर्षीया सबीनमाथि बलूचिस्तानमा अपहरण र उत्पीडन विषयमा आयोजित एक सेमिनारबाट आफ्नी आमाको साथमा फर्किदैं गर्दा अज्ञात बन्दूकधारीले हमला गरेका थिए । death car
उनलाई अस्पताल लैंजादैं गर्दा बाटैमा मृत्यु भएको र उनको शरिरबाट ५ वटा गोली निकालिएको चिकित्सकले बताएका छन् ।
सबीनकी आमालाई पनि गोली लागेकाले उनको पनि उपचार भैरहेको र उनको अवस्था गम्भीर रहेको बताईएको छ ।
सैमिनार पहिले लाहोरमा हुने योजना बनाईएपनि सबीनले पछि कराँचीमा नै सम्पन्न गराएकी थिइन् ।
सबीन एक बुक स्टोर, द सेकेण्ड फ्लोर की निर्देशक थिइन् । कराँचीमा अवस्थित उक्त स्टोरमा मानवअिधकारको विषयमा नियमित रुपमा विचार विमर्श हुने गर्दथ्यो । वर्तमान अवस्थामा पाकिस्तानले सामना गरिरहेको चुनौतीका विषयमा विद्यार्थी र सामाजिक कार्यकर्ताकासंग सबीनले नियमित छलफल गर्ने गर्थिन् ।
सबीनकोे मृत्युभएपछि सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जली दिनेहरुको लर्को लागेको छ ।
source: ratopati
Thursday, April 16, 2015
4:39 AM
Admin
No comments
इस्लामाबाद, २ वैशाख । पाकिस्तानले बुधबार पारमाणविक क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको जानकारी त्यहाँको सेनाले दिएको छ ।
गौरी ब्यालेस्टिक क्षेप्यास्त्रले एक हजार ३०० किलोमिटर दुरीसम्म प्रहार गर्नसक्ने र यसमा परम्परागत तथा पारमाणविक विस्फोटक पदार्थ दुबै रहनसक्ने जानकारी दिइएका छ ।
एक महिना अगाडि पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने पारमाणविक क्षमताको साहिन तेस्रो क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रले दुई हजार ७५० किलोमिटरको दुरीमा प्रहार गर्नसक्ने अनुमान गरिएको छ ।
सेनाले गौरी क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण त्यसको सञ्चालन तथा प्राविधिक तयारीमा भएको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
भारत पाकिस्तानबीच जारी कश्मिर विवादमा भारतसँग लड्न पास्तिानले यस्तो प्रविधिको क्षेप्यास्त्र बनाएर सफल परीक्षण गरेको हो । यता भारतले केही महिना अगाडी यस्तो क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । रासस/एएफपी
गौरी ब्यालेस्टिक क्षेप्यास्त्रले एक हजार ३०० किलोमिटर दुरीसम्म प्रहार गर्नसक्ने र यसमा परम्परागत तथा पारमाणविक विस्फोटक पदार्थ दुबै रहनसक्ने जानकारी दिइएका छ ।
एक महिना अगाडि पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने पारमाणविक क्षमताको साहिन तेस्रो क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रले दुई हजार ७५० किलोमिटरको दुरीमा प्रहार गर्नसक्ने अनुमान गरिएको छ ।
सेनाले गौरी क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण त्यसको सञ्चालन तथा प्राविधिक तयारीमा भएको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
भारत पाकिस्तानबीच जारी कश्मिर विवादमा भारतसँग लड्न पास्तिानले यस्तो प्रविधिको क्षेप्यास्त्र बनाएर सफल परीक्षण गरेको हो । यता भारतले केही महिना अगाडी यस्तो क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । रासस/एएफपी
3:43 AM
Admin
No comments
इन्डोनेसियाको जकार्ता विमानस्थलमा एक विमान उडान भर्ने क्रममा आगो लागेपछि विमान चालक अकस्मात चालकको कक्षबाट हामफालेका छन्।
यसरी हामफालेर भाग्न खोज्ने विमानचालक सामान्य घाइते भएका र उनको उपचार जारी रहेको छ । बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ ।
सो विमानस्थलबाट विमान उड्नैलाग्दा विमानमा आगो लागेको देखिएपछि विमान चालक सुरक्षाका लागि भाग्न खोजेको बताइएको छ ।
इन्डोनेसियाली सेनाको लडाकू विमानमा सो खराबी देखिएको थियो । सैनिक प्रवक्ता अगुस सुप्रियन्ताले विमानको इन्जिनमा खराबीका कारण धुवाँको मुस्लो निस्किएको र एकैछिनमा आगो लागेको जानकारी दिए।
इन्डोनेसियाली सेनाको एफ १६ नामक सो विमानमा के कति कारणले समस्या देखा पर्यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको पनि सैनिक प्रवक्ताले जानकारी दिएका छन्।
सो विमानमा रहेका सैनिकहरु सबै सकुशल रहेका छन् । सो विमान संयुक्त राज्य अमेरिकाले केही समयअघिमात्र इन्डोनेसियालाई सहयोगस्वरुप दिएको थियो । रासस/एएफपी
Friday, April 10, 2015
5:17 AM
Admin
No comments
काठमाडौं, चैत्र २७ । मुम्बई बमकान्डका ‘मास्टरमाइन्ड’ जकीउर रहमान लखवी जेलबाट रिहा भएका छन् ।
पाकिस्तानको लाहौर उच्च न्यायालयले लखवीलाई नजरबन्दबाट समेत मुक्त हुने गरी १० लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
लखवी सन् २००८ को मुम्बई हमलाका ६ जनामध्येका प्रमुख योजनाकार मानिन्छन् । अन्य ६ जनामाथिको मुद्दाको
फैसला हुन बाँकी नै छ ।
मुम्बई आक्रमणका बेला लखवी आतंकवादी समूह ‘लश्कर ए तोएबा’का प्रमुख रहेका थिए । भारत सरकारले लखवीलाई रिहा नगर्न बारम्बार गरेको आग्रहलाई लत्याउँदै पाकिस्तान सरकारले गरेको निर्णयले भारत सरकार रुष्ट बनेको छ ।
यसअघि भारत सरकारले उनलाई रिहा गरेको खन्डमा ब्विश्वभरका आतंकवादीहरुको हौसला बढ्ने भन्दै रिहा नगर्न अपील गरेको थियो ।
सन् २००८ मा भएको मुम्बई हमलामा १ सय ६६ जनाको ज्यान गएको थियो । (एजेन्सी)
पाकिस्तानको लाहौर उच्च न्यायालयले लखवीलाई नजरबन्दबाट समेत मुक्त हुने गरी १० लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
लखवी सन् २००८ को मुम्बई हमलाका ६ जनामध्येका प्रमुख योजनाकार मानिन्छन् । अन्य ६ जनामाथिको मुद्दाको

मुम्बई आक्रमणका बेला लखवी आतंकवादी समूह ‘लश्कर ए तोएबा’का प्रमुख रहेका थिए । भारत सरकारले लखवीलाई रिहा नगर्न बारम्बार गरेको आग्रहलाई लत्याउँदै पाकिस्तान सरकारले गरेको निर्णयले भारत सरकार रुष्ट बनेको छ ।
यसअघि भारत सरकारले उनलाई रिहा गरेको खन्डमा ब्विश्वभरका आतंकवादीहरुको हौसला बढ्ने भन्दै रिहा नगर्न अपील गरेको थियो ।
सन् २००८ मा भएको मुम्बई हमलामा १ सय ६६ जनाको ज्यान गएको थियो । (एजेन्सी)
Subscribe to:
Posts (Atom)