पाकिस्तानको लाहौर उच्च न्यायालयले लखवीलाई नजरबन्दबाट समेत मुक्त हुने गरी १० लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
लखवी सन् २००८ को मुम्बई हमलाका ६ जनामध्येका प्रमुख योजनाकार मानिन्छन् । अन्य ६ जनामाथिको मुद्दाको

मुम्बई आक्रमणका बेला लखवी आतंकवादी समूह ‘लश्कर ए तोएबा’का प्रमुख रहेका थिए । भारत सरकारले लखवीलाई रिहा नगर्न बारम्बार गरेको आग्रहलाई लत्याउँदै पाकिस्तान सरकारले गरेको निर्णयले भारत सरकार रुष्ट बनेको छ ।
यसअघि भारत सरकारले उनलाई रिहा गरेको खन्डमा ब्विश्वभरका आतंकवादीहरुको हौसला बढ्ने भन्दै रिहा नगर्न अपील गरेको थियो ।
सन् २००८ मा भएको मुम्बई हमलामा १ सय ६६ जनाको ज्यान गएको थियो । (एजेन्सी)
0 comments:
Post a Comment