Thursday, September 22, 2016

कास्मिरमा जनमत गराउन नचाहने भारतले सिक्किममा जनमत पनि गराईएको भनि एउटा नाटक गर्यो । केवल ७२ घण्टाको पुर्ण तरारीमा भएको सो जनमत भय, तनाव र अशान्त अवस्थामा गरिएको थियो । मत खसाल्ने पेटिका र मतको रंग झुक्याउने खालको थियो भने २० प्रतिशत भन्दा बढी जनताले मत खसालेकै थिएनन् तर त्यसलाई ६२ प्रतिशतले मत खसालेको प्रचार गरियो । यथार्थमा बन्दुक तेर्स्याएर गरिएको जनमतमा ईण्डीयन दलालले नै एकछापे लगाएका थिए । जनताले जनमत गणतन्त्र र राजतन्त्रबीचको चयन भन्ने बुझेका थिए तर 'रअ' ले सिक्किमलाई ईण्डीयामा विलय गर्ने कि नगर्ने षड्यन्त्रमा गराएको थियो । जनमत हुदैछ भन्ने कुरा पनि दरवारमै कैद गरिएका राजासम्मलाई थाहा थिएन । यसो होला भनेर जनताले शंकासम्म गरेका थिएनन् । अरुको त कुरै छाडौ अत्यन्त खुशी हुनुपर्ने लेन्डुप दोर्जेकी श्रीमती ले नै भनेकी थिईन् - " आफ्नो पतिले आफ्नो देश सिक्किमलाई धोका दिएको र सन्तान दरसन्तानको श्राप बोकेको छ। "

Wednesday, September 21, 2016


अमेरिकाले आक्रमणको घोर विरोध गरेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र पाकिस्तानी सेना प्रमुखबिच छलफल भएको छ । सूत्रका अनुसार पाकिस्तानले इस्लामाबाद एयरपोर्टबाट थुप्रै उडान रद्द गरेको छ । यसका साथै आफ्ना सेनाहरुलाई पूर्ण रुपमा तयार रहनको लागि पाकिस्तानले आदेश दिएको छ । भारतीय सेनाले जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्दै पाकिस्तानी सेना जवाफको लागि तयार भइरहेको जानकारीमा उल्लेख छ । यस्तै इस्लामावादबाट देशको उत्तरी भागमा जाने सबै फ्लाइट रद्द गरिनुका साथै एयरफोर्सलाई स्ट्याण्डबाईमा राखिएको छ । त्यहाँका केही सडक पनि खाली गरिएको छ जसका कारण आपत्कालीन अवस्थामा यी सडकमा वायुसेनाको जेट अवतरन गर्ने वा उडान भर्न सक्छन् ।
अर्कोतर्फ उरी हमलापछि भारत लगातार नयाँ रणनीति बनाइरहेको छ । बुधबार क्याबिनेट कमिटी अन सिक्योरिटिज (सीसीएम) को महत्वपूर्ण बैठक बसेको छ । यस बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेटली, रक्षामन्त्री मनोहर पर्रिकर, विदेशमन्त्री सुष्मा स्वराज, एनएसए अजित डोभाल उपस्थित थिए ।

पाकिस्तानलाई कुटनीतिक स्तरमा घेर्ने भारतको रणनीति अब वास्तविकतामा परिणत हुने देखिएको छ । रुसले पाकिस्तानसँग हुन लागेको संयुक्त सैन्य अभ्यासलाई रद्द गरिदिएको छ । यसका साथै तीन एमआई–३५ हेलिकोप्टर बेच्ने सम्झौता पनि यसले रद्द गरिदिएको छ । यसका साथै, अमेरिकी कांग्रेसमा एक बिल पेश भएको छ जसले पाकिस्तानका लागि समस्या पैदा गर्नसक्छ । यो बिलमा पाकिस्तानलाई आतंककारी मुलुक घोषणा गर्ने माग गरिएको छ । गणतान्त्रिक सांसद टेड पोले एक अर्का सांसद डाना रोहराबेकरसँग हाउस अफ रेप्रिजेन्टेटिभमा पाकिस्तान स्टेट स्पोन्सर अफ स्टेररिजम डेजिगनेशन एक्ट (एचआर ६०६९) पेश गरेका गर्दै लेखेका छन्, ‘पाकिस्तान एउटा यस्तो सहयोगी हो जसमा विश्वास गर्न सकिन्न ।’

भारतले वर्षदिनअघि लगाएको आठ महिना लामो नाकाबन्दीपछि एउटै देशसँगको परनिर्भरता हटाउन दबाब बढे पनि त्यसतर्फ कुनै काम भएको छैन। संविधानसभाबाट नयाँ संविधान जारी भएको दुई दिनपछि २०७२ असोज ५ बाट भारतले मधेसी दलको असन्तुष्टिको निहुँमा अघोषित नाकाबन्दी गरे पनि न असन्तुष्टि सम्बोधन भएको छ न भारतसँग निर्भरताको स्पष्ट विकल्प खोज्नेतर्फ सरकारको ध्यानै गएको छ।
समस्या समाधान गर्ने र विकल्प खोज्नेतर्फ सरकार र राजनीतिक दलको ध्यान नपुग्दा संविधान कार्यान्वयनमा समेत जटिलता बढ्दो छ। वामविश्लेषक झलक सुवेदीले संविधान जारी भएपछि मुलुकले सामना गर्नुपरेको नाकाबन्दीका कारण सिंगो मुलुकले नोक्सान सहनुपरेको बताए।
'पहाड/मधेस र नेपाल/भारतबीच तिक्तता बढाउने काम भयो,' सुवेदीले नागरिकसँग भने, 'नाकाबन्दीले सबै पक्षलाई नोक्सान पुर्‍यायो।'
मधेसकेन्द्रित दलको माग सम्बोधन नहुँदा संविधान कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको छैन भने नाकाबन्दीले मुलुक आर्थिक नोक्सान सहनुपरेको छ। यसले भूकम्प प्रभावितलाई राहत र पुनर्निर्माणसमेत प्रभावित गरेको छ। नाकाबन्दीपछि भारतसँगको परनिर्भरता हटाउने विषयले मुलुकभित्र चर्चा पाए पनि त्यसले अझै सार्थकता पाउन नसकेको सुवेदीले बताए। सुवेदीले भारतसँगको परनिर्भरता हटाउन अर्को छिमेकी मुलुक चीनसँगको सम्बन्ध बढाउनुपर्ने जनाउँदै भने, 'अर्कोसँग सम्बन्ध विस्तार गर्ने र आन्तरिक उत्पादन बढाउने हो।'
एक वर्षभित्र धुमधामले केही हुन नसक्ने जनाउँदै उनले चीनसँग यसबीचमा यातायात र पारवहन सन्धि हुनुलाई सकारात्मक मान्न सकिने बताए। यसको कार्यान्वयनका विषयमा प्रश्न उठेको जनाउँदै सबै नेताले प्रतिबद्धता जनाए पनि गृहकार्य कमजोर रहेको उनको टिप्पणी छ।
चीनसँग सम्बन्ध बढाउने विषयमा सरकार प्रमुखहरुले भाषण गरे पनि त्यसअनुरुप काम नगरेको उनको बुझाइ छ। 'चीनसँगको सम्झौता कांग्रेस सभापतिले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ, पुष्पकमल दाहालले मेरै पहलमा भएको भन्दै आउनुभएको छ,' उनले भने, 'एमाले अध्यक्ष केपी ओली जस लिन लागिपर्नुभएको छ।'
नाकाबन्दीले पछिल्लो पुस्तामा भारतप्रति नकारात्मक सन्देश प्रवाह गरेको विश्लेषण गर्दै उनले थपे, 'पछिल्लो पुस्ता भारतसँगको परनिर्भरता हटाउनुपर्छ भन्नेमा पुग्नु सकारात्मक कुरा होइन।'
प्राध्यापक कृष्ण पोखरेलले नाकाबन्दीपछि मुलुक आफ्नै गोडामा उभिनुपर्छ भन्ने सिकाएको जनाउँदै एउटै देशसँग निर्भर हुँदा धोका पाइने शिक्षा मिलेको बताए। 'नाकाबन्दीले नेपाललाई हेर्ने भारतीय दृष्टिकोण प्रस्ट बनाएको छ,' पोखरेलले भने, 'भारतले आफैं नांगिने काम गरेको छ।'
संविधानसभाबाट जारी नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले लगाएको नाकाबन्दी प्रभावकारी पनि बन्न नसकेको उनको बुझाइ छ। नाकाबन्दी लगाएर भारतले नेपाललाई पनि भुटानकै व्यवहार गर्न खोजेको टिप्पणी गर्दै पोखरेलले चीनसँगको सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने कुरा सबै तहमा परेको जनाए।
'खराब कामबाट पनि शिक्षा प्राप्त हुन्छ,' उनले भने, 'नाकाबन्दी राम्रो उदाहरण होइन तर पनि त्यसकै प्रभावले चीनसँगको सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने राजनीतिज्ञ, कर्मचारीतन्त्र र आम जनतामा परेको छ।'
एमाले नेता राजन भट्टराईले संविधान जारी भएपछि नाकाबन्दीको तहमा संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दल र छिमेकी मुलुक भरात किन पुग्यो भन्ने अझै स्पष्ट नभएको जनाए।
'यसको न त मधेसी मोर्चाले पुष्टि गर्न सक्यो न भारतभित्र पुष्टि हुन सक्यो,' उनले भने, 'भारतभित्र पनि यस विषयमा प्रश्न र बहस चलिरहेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमै यसको पुष्टि हुन सकेको छैन।'
नाकाबन्दीले नेपालका तीन पुस्तामा भारतप्रति नकारात्मक प्रश्न खडा गरेको जनाउँदै उनले भने, 'नेपाल–भारत सम्बन्धमा जति सहजता खोजिएको थियो त्यो चाहेको देखिंँदैन।'
यद्यपि भारतसँगको सम्बन्ध सुधारका लागि भन्दै यसबीच गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले उच्च प्राथमिकताका साथ दुई देश भ्रमण गरेका छन्। संविधान जारीपछि चिसिएको सम्बन्ध सुधार गर्न नेपालतर्फबाट अन्य प्रयास भए पनि भारतले संविधानसभाबाट जारी संविधानको स्वागत गरेको छैन।
तर, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले बितेको एक वर्षमा संविधान पूर्ण छ भन्ने राजनीतिक दल र शक्ति संशोधन पक्षमा पुगेको बताए। 'संविधान पूर्ण छ भन्नेहरु एक वर्षमा अधुरो छ भन्नेमा पुगेका छन्,' शुक्लाले भने, 'बहुमत सांसद संविधान संशोधन गरेर मधेस समस्या समाधान गर्नुपर्छ भन्नेमा सहमत छन्।'
सबै पक्ष समस्या समाधान गर्नुपर्छ भन्नेमा पुगे पनि देखिने गरी आन्दोलनरत पक्षले केही प्राप्त गरिनसकेको उनले स्वीकार गरे। 'संविधान संश्ाोधन गर्नुपर्छ भन्ने महसुस भएको छ,' उनले भने, 'तर, प्राविधिक कारणले मात्र पूरा हुन सकेको छैन।'
तत्कालीन सरकार र राजनीतिक दलले आफ्ना माग नसुनेकै कारण आन्दोलन र नाकाबन्दी गर्नुपरेको उनले बताए। काठमाडौं मात्र नभएर मधेसका जनता पनि प्रताडित भएको जनाउँदै उनले त्यसमा आफूहरु दुःखी भएको जनाए। 'त्यस कुराको आत्मालोचना गर्न तयार छौं,' उनले भने, 'त्यो हाम्रो रहर नभएर बाध्यता थियो, ज्यान जोगाउन पनि सीमामा जानुपर्ने भयो।'
सीमांकन, नागरिकता, जनसंख्याका आधारमा राष्ट्रिय सभा गठन, जनसंख्याकै आधारमा क्षेत्र निर्धारणसहित माग राख्दै संविधान जारी हुनुअघिदेखि मधेसकेन्द्रित दलहरु आन्दोलनमा छन्। उनीहरुको माग सम्बोधन गर्न भन्दै सुशील कोइराला नेतृत्व सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव गत फागुनमा संसद्ले पारित गरे पनि उनीहरुको असन्तुष्टि भने कायमै छ।
त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनमा जुट्ने जनाउँदै दाहाल नेतृत्व सरकारले संविधान संशोधन गृहकार्य सुरु गरेको छ तर दलीय सहमति जुट्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन।

source:- Nagariknews.com

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई संविधानको अनुसुचिमा राख्नुपर्ने बताएका छन् । हिन्दीभाषाले नै नेपाली भाषालाई समृद्ध बनाएको टिप्पणी गर्दै उनले नेपाली नेपालीबीचको सम्बन्ध जोड्नका लागि हिन्दी भाषाले काम गरेको दावी गरे ।
सरकारले गठन गरेको भाषा आयोगल पेस गरेको प्रतिवेदनको आधारमा हिन्दी भाषालाई संविधानको अनुसुचिमा राख्ने बताउँदै उनले संसदमा जुनसुकै भाषामा पनि आफ्नो कुरा राख्ने सकिने प्रावधान रहेपनि दोभाषे नभएका करण सबैको सबैले भाषा बुझ्न नसकेको बताए ।
संसदमा सबैले सबैको भाषा नबुझे पनि हिन्दी भाषा सबैले बुझ्ने गरेकाले हिन्दी भाषालाई सम्पर्क भाषाको रुमपा राख्न सकिने उनले उल्लेख गरे । उनले हिन्दी भाषामा गरिने व्यवहार र यसको प्रयोगलाई बढावा दिन निजी क्षेत्रलाई रुचि लिनुपर्ने भन्दै सरकारको तर्फबाट पनि यस भाषासँग राम्रो व्यवहार नरहेको आरोप लगाए ।
हिन्दी मासिक पत्रिका ‘हिमालिनीद्धारा आज आयोजित कार्यक्रममा बोल्दै उनले प्रजातान्त्रिक आन्दोलनका व्यक्तित्वहरु वीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइराला, रामनारायण मिश्र जस्ता नेताहरुले आपसमा संवाद गर्न हिन्दी भाषा प्रयोग गर्ने गरेको स्मरण सुनाए । उनले भने,–‘हिन्दी भाषाले पहाड र मधेशलाई जोडेको छ ।’

Tuesday, September 20, 2016


आश्विन ४, २०७३- माओवादीका पूर्व लडाकु समूहले मंगलबार उपत्यकाका ११ निजी विद्यालयमा बम राखेर आतंक मच्चाएका छन् । उनीहरूले चन्दा असुलीका लागि धम्क्याउन आततायी घटना गराएका हुन् ।
     
माओवादी शान्ति प्रक्रियामा आएपछि असहमति जनाउँदै माओवादी कम्युनिष्ट केन्द्रका नाममा सक्रिय समूहले काठमाडौंका १० र ललितपुरको एक विद्यालय अगाडि बम राखेका हुन् । राखिएका बममध्ये २ वटा बिष्फोट भएका थिए । 

बिष्फोटमा मानवीय र भौतिक क्षति भने भएन । नौ वटा बम सुरक्षा निकायले निस्कृय बनाएको थियो । 

राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला

बम बिष्फोटमा संलग्न रहेको अभियोगमा शंकर लाखे र चन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । दुवै माओवादीका पूर्व लडाकु हुन् । लाखे बहिर्गमित लडाकु हुन् । 
अनमिनको अनुगमनमा अयोग्य ठहरिएपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएपछि केन्द्रमा आवद्ध भएका थिए । २०६२ मा हतियारसहित भागेका तामाङ केन्द्रमा सक्रिय छन् ।
आतंककारी गतिविधीमा संलग्न केन्द्र माओवादीका बटालियन सहायक कमान्डर देवेन्द्रसिंह महतले खोलेका हुन् । उनले बहिर्गमनमा परेका र पूर्व लडाकु समेटेर संगठन खोली आपराधिक गतिविधी गर्दै आएका छन् ।
उपत्यकामा मंगलबार बिहान भएका सबै घटनाको मुख्य योजनाकार महत रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाले जानकारी दिए । उनका अनुसार केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा, योङ कम्युनिष्ट फोर्सका संयोजक सुमन श्रेष्ठ लगायतका व्यक्तिसमेत घटनामा संलग्न देखिएका छन् । बिष्फोटक पदार्थ तथा संगठित अपराध अभियोगमा उनीहरुको खोजी भइरहेको थापाले जानकारी दिए । 
महत २ वर्ष अगाडि आपराधिक गतिविधीमा पक्राउ परेका थिए । यसअघि विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परे पनि अदालतबाट उनी सामान्य धरौटीमा छुटेका थिए । ‘राजनीतिक माग देखिए पनि उनीहरु आपराधिक गिरोहका हुन्, उनीहरुमाथि राज्यले सोहीअनुसारको ब्यबहार हुन्छ,’ एआइजी थापाले भने, ‘उनीहरुमाथी बिष्फोटक पदार्थसंगै संगठित अपराधको अभियोगमा अनुसन्धान अगाडि बढाइसकेका छौं ।’
तारेखमा छुटेर बम पड्काउने योजना
विद्यालयमा बम पड्काएको अभियोगमा मंगलबार पक्राउ परेका लाखे एक महिनाअघि विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेका थिए । उनीसहितको समूहले साउन ६ मा डल्लुमा आइडियल मोडल स्कुलको विद्यार्थी बोक्ने बा २ ख ४६९ नम्बरको बस जलाएका थिए । 
प्रहरीको विशेष ब्यूरोसहितको टोलीले सोही अभियोगमा लाखे, विष्णु पौडेल लगायत ८ जना पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान सकेर अदालतमा आगजनीमा पाँच वर्ष कैद माग गरे पनि साउन ३२ मा काठमाडौं जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा मुक्त गरेको थियो ।्

स्कूलमा बम विस्फोट गरेका अभियाेगमा पक्राउ परेकाले अभियोग स्वीकारे: प्रहरी

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उक्त समूह हिरासत मुक्त भएलगत्तै विद्यालयका सञ्चालकलाई फोन गरेर चन्दा माग्न सुरु गरेका थिए । जनयुद्ध नसकिएको भन्दै उनीहरुले विद्यालयका सञ्चालकहरुलाई ‘मागे अनुसारको चन्दा नदिए जे सुकै हुनसक्ने’ भन्दै धम्क्याएका थिए । 
‘उनीहरुले पहिल्यैदेखि विद्यालयका सञ्चालकहरुलाई फोन गरेर धम्क्याइरहेका थिए,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रमसिंह थापाले भने, ‘सञ्चालकहरुले प्रहरीलाई जानकारी नदिंदा उनीहरु हौसिएर बम बिष्फोटको योजनासम्म पुग्न सफल भए ।’ 
अनुसन्धान अधिकारीका अनुसार मंगलबारका सबै बम लाखेले बनाएका हुन् । उनले प्रहरी बयानमा सशस्त्र द्धन्द्धताका आफूले बम बनाउन सिकेको र भारतबाट बिस्फोटक पदार्थ ल्याएर बम बनाएको उनले खुलाएका छन् ।
केन्द्रका अध्यक्ष महत समेत लुटपाटको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन् । असार १ मा कलंकीमा मनबहादुर चतराको यार्चा लुटेको अभियोगमा उनी सहित केन्द्रका महासचिव केशव दाहाल सहित ४ जना पक्राउ परेका थिए । प्रहरीले जर्वजस्ती चोरीमा अनुसन्धान गरी मुद्धा बुझाएकोमा उनीहरू धरौटीमा मुक्त भएका थिए ।
आपराधिक समूहसँग सरकारको वार्ता

माओवादी कम्युनिष्ट केन्द्र सरकारले २ पटक वार्ता गरिसकेको संगठन हो । राजनीतिक आवरणमा आपराधिक गतिविधीमा संलग्न रहेको महत समुहसंग सरकारले २०६९ र २०७१ मा वार्ता गरेको थियो । २०६९ भएको वार्ता सकारात्मक भएन । 
सशस्त्र गतिविधी गर्दै आएका समूहसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याउन संसदको संबैधानिक राजनीतिक संवाद समितिको प्रारम्भिक वार्ता उपसमितिसँग २ वर्षअघि वार्ता गरी महतले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधी गर्ने भन्दै सरकारलाई एसएमजी, माउजर, पेस्तोल सहित ५६ थान हतियार बुझाएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २०७१ कात्तिक ३० माउनले हतियार बुझाएका हुन् ।
आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले उनीहरुका ५६ जना कार्यकर्तालाई कारागारमुक्त गर्न सिफारिस गरेको थियो । शान्तिपूर्ण गतिविधी गर्ने भन्दै हतियार बुझाएका उनीहरुले पछिल्लो समय काठमाडौं उपत्यकाका विद्यालयमा आतंक मच्चाउन थालेका थिए । ‘हतियार बुझाएपछि पनि उनीहरुले विभिन्न बहानामा नीजि कलेज र विद्यालय सञ्चालकसँग पैसा असुलीरहे,’ एआइजी थापाले भने । 


Source :- kantipur.com
आश्विन ४, २०७३- उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराएको भन्दै पक्राउ गरिएका दुई जनाले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।
‘यसअधि पनि उनीहरुलाई हामीले यस्तै खालको आरोपमा पक्राउ गरेका थियौ’ काठमाडौं प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिक्रमसिंह थापाले भने, ‘उनीहरुबारे थप अनुसन्धान हुँदैछ । चाडै नै घटनाको सबै विवरण सार्वजनिक गर्छौ ।’


पक्राउ परेका दुबैजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका कार्यकर्ता भएको पाइएको छ भन्दै प्रहरी उपरिक्षक थापाले केन्द्र र फोर्सका कार्यकर्ताले आज बिहान उपत्यकाका दुईवटा निजी विद्यालयमा बम विस्फोटन र अन्य पाँच जिनी विद्यालयमा शङ्कास्पद वस्तु राखेका बताए ।

उनीहरुले बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोटन गराएका थिए भने जोरपाटीको राई बोडिङ स्कुल, इस्टपोल स्कुल, ललितपुरको रेडियन्ट रिडर्स एकेडमी स्कुल, डल्लुको कञ्चनजङगा बोडिङ स्कुल र जोरपाटीकै बालसंसार बोडिङ स्कुलमा प्रेसेर कुकर बम र शङ्कास्पद वस्तु राखिएको भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले निष्किृय पारेको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले बम विस्फोटनको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग विद्यालयको सुरक्षा माग गरे ।

केन्द्र र फोर्स विद्यालयमा फ्याँकेको पत्रमा निजी विद्यालयले वार्षिक दुई लाख ४० हजार भन्दा कम आय हुने तथा चलअचल सम्पत्ति रु २० लाख भन्दामुनि हुने अभिभावकका छोराछोरीलाई निःशुल्क पठाउनुपर्ने, निजी र सरकारी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निजी विद्यालयले तोकेको स्थानबाट शैक्षिक सामग्री तथा ड्रेस किन्नुपर्ने बाध्यतालाई तुरुन्तै अन्त्य गर्नुपर्ने, आर्थिक अभावका कारणबाट शिक्षाबाट वन्चित हुने व्यवस्था अन्त्य हुनुपर्ने लगायतका आठ सुत्रीय माग अघिसारेका छन् ।


Source :- Kantipur.com

Monday, September 19, 2016

४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ ।

बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ ।

विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।

बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

शंस्कास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिरहेको छ ।

बम विस्फोट बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन , नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्यगर्न माग गरेको छ ।


तस्वीरः प्रतिक्षा शर्मा/नवराज न्यौपाने

Followers

Video

Online earning in Nepal

Popular Posts