Thursday, September 8, 2016

– वि.सं. १९८३ मङ्सिर १० गते साँझ ८ बजे डडेल्धुराको करीगाउँमा आमा सरस्वतीदेवी र बुबा तारानाथ पन्तको कोखबाट जन्म ।

– पाँच वर्षको उमेरमा वि.सं. १९८८ मा आमाको मृत्यु ।

– सात वर्षको उमेरमा पढाइका लागि भारतको उत्तरप्रदेशको लखिनपुर एक विद्यालयमा भर्ना ।

– पढाइकै बीचमा १९९५ मा नेपाल फिर्ता ।

– १४ वर्ष उमेरमा १० वर्षीय पार्वतीदेवीसँग विवाह ।

– वि.संं. १९९८ को साउनमा भारतको सिँघाइबाट म्याट्रिक पास ।

– १५ वर्षको उमेरमा बुबाको मृत्यु ।

– २००१ मा उच्चशिक्षाको लागि भारत प्रस्थान । तर, पढाइलाई थाँती राख्दै अङ्ग्रेज विरुद्धको आन्दोलनमा सहभागी ।

– आन्दोलनको क्रममा गिरफ्तार ।

– १८ महिनाको इलाहावादको जेलजीवनपछि २००३ मा नेपाल फिर्ता ।

– डडेल्धुराको विरखन र बैतडीमा संस्कृत पाठशाला स्थापना ।

– भारतको पढाइ छोडेर राणाविरोधी आन्दोलन सहभागी गौरीलाल, रुपसिंह, सिवी सिंह, शेखर शर्माहरूसँग जोडिएर सुदूरपश्चिमका आदिवासी रानाथारु, गरिब किसानलाई सङ्गठित गर्दै राणा विरोधी आन्दोलनको उठान ।

– २००६ सालमा गरिबको मुक्तिको अपेक्षा गर्दै नेपाली काङ्ग्रेसको सदस्य ।

– २००७ सालमा डडेल्धुराको प्रशासक ।

– आफ्नो नेतृत्वमा सात सदस्यीय स्थानिय कामचलाउ सरकार गठन ।

– २००८ सालमा डडेल्धुराको गभर्नर हुँदा उपचार नपाएर जेठा छोरा प्रेमराज मृत्यु र आठ दिनपछि लगत्तै छोरी र केही समयपछि कान्छो छोराको पनि मृत्यु ।

– २००८ सालमै काङ्ग्रेसबाट गरेको अपेक्षा पूरा नभएको भन्दै पार्टी परित्याग ।

– आमूल परिवर्तन नभएसम्म गभर्नर हुनुको अर्थ छैन भन्दै पदत्याग ।

– २००८ सालको अन्त्यतिर नेपाली काङ्गे्रस नेतृत्वको सरकारले रक्षा दल लगाएर काठमाडौं जेल चलान ।

– हनुमानढोका जेल बसाइकै क्रममा कम्युनिस्ट नेता मनमोहन अधिकारीलगायतसँग भेट ।

– २००९ सालमा काठमाडौं आएर कम्युनिस्ट पार्टीसँग सम्पर्क ।

– २००९ मा ब्रह्मदेवमा लुकाएर राखेको नुन गोदाम कब्जा गरी किसानलाई वितरण ।

– २००९ साल चैत २७ गते गिरफ्तार ।

– २०१० साल असार १० गते बेलौरी जेलबाट भाग्न सफल ।

– काङ्ग्रेस सामन्तसँग मिलेको भन्दै कम्युनिस्ट विचारमा आवद्ध ।

– आन्द्र प्रदेशका नक्सलवादी नेता आयङ्गरसँग सम्पर्क विस्तार ।

– भीमदत्त आफ्ना लागि खतरा भएको भन्दै सरकारद्वारा गिरफ्तार ।

– जेल मुक्त हुनासाथ मनमोहन अधिकारी र पुप्पलाल श्रेष्ठको सल्लाहअनुसार आन्दोलन र सङ्गठन विस्तारका लागि सुदूरपश्चिम प्रस्तान ।

– ‘ठालु खान्ना आलु, गरिब खान्ना बासमती’ नारा लगाउँदै कञ्चनपुर र डडेल्धुरालाई केन्द्र बनाएर शोषक, सामन्त, ठालु, नक्कली तमसुक भकारी फोड अभियान सुरु ।

– भीमदत्त नेपाली शासकहरूको मात्र होइन भारतीय शासकहरूका लागि पनि बाँघ भए ।

– भीमदत्तको हत्या गर्ने र आन्दोलन समाप्त पार्ने योजना बन्यो । दुई देशका शासकहरूको, दुवै देशका सेना परिचालनको योजना ।

– २०१० सालमै कञ्चनपुर र डडेल्धुराको सदरमुकाम बेलौरी कब्जा पछि खाद्यान्न वितरण ।

– सन् १९५३ जुलाई १९ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र प्रधानसेनापति किरण शमशेर भारत गई भीमदत्तलाई मार्न सैन्य सहयोगको माग ।

– २०१० साल असार सात सयको सशस्त्र फौजसहित धनगढी कब्जाका लागि यात्रा सुरु ।

– धनगढीको बेहडा गाउँमा बसिरहेका बेला भारतीय सेनाले आक्रमण गर्दा तीनजनाको सहादत, दर्जनौं घाइते, दुई सय ५० जति गिरफ्तार । तर, भीमदत्त पन्त घेरा तोड्न सफल ।

– २०१० साउन १७ गते आन्दोलनलाई पुनः सङ्गठित गर्ने क्रममा डडेल्धुराको गल्लेखमा खानाखान लागेको बेला भारतीय र नेपाली सेनाले संयुक्त रुपमा घर घेरा हाली मित लालबहादुर थापाले गोली हाने ।

– २०१० साउन १८ गते टाउको काटेर डडेल्धुरा (अहिलेको जिप्रका नजिकै) बाँसको लिङ्गोमा ७२ घण्टासम्म झुण्ड्याइयो ।

– ७२ घण्टासम्म काठमाडौंदेखि दिल्लीका शासकहरूले भोज मनाए । सामन्तको विरुद्ध र किसान राजको पक्षमा संघर्ष गरेकै कारण जनताको प्रिय नेताले ज्यान गुमाउनु पर्यो ।

– मार्ने लालबहादुर थापालाई बडा हाकिमबाट ५ हजार पुरस्कार प्रदान ।

– श्रीमती पार्वतीलाई जबरजस्त ३१ बुँदे सर्तमा औंठाछाप लगाउन लगाएर टाउको जिम्मा लगाइयाे ।

– धर्मदेव, सिद्धराज उप्रेती, सोबे सार्की, फकिरे दमाईलगायतले टाउको बोकेर घटाल बाबा मन्दिर छेउमा अन्तिम अन्त्येष्टि ।



source: http://dabalinews.com/


Related Posts:

  • वर्तमान नेपाल कसरी बन्यो र विशाल नेपाल कसरी सफल हुन्छ ?????किरातीहरुको शासनकाल कमजोड भएपछि नेपाल ५३ भागमा बिभाजित भयो यसरी बिभाजित भएको नेपाललाई गोरखाका राजा पृथिबीनारा़ण शाहाको साहस र गोर्खेली सेनाको अटले एकिकरण गर्न तम्सिए र वि.स. १७९९ बाट वि.स १८६३ सम्म सेना पति अमर सिह थापा … Read More
  • विशाल नेपालविशाल नेपाल भनेको वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। आजको नेपाल इतिहासको असमान सन्धि र त्यो सन्धिको क्रियान्वयन न हुन सकेको कारणको नतीजा हो। त्यहि इतिहासको विशाल भू-भागलाई सम्झेर नेपालीहरूले प्राचीन नेपालको भौगोल… Read More
  • सन् १९५०को सन्धिबारे हामीले बुझ्नैपर्ने केहि तथ्यहरुसन् १९५०को सन्धिबारे हामीले बुझ्नैपर्ने केहि तथ्यहरु ग्रेटर नेपालको पहिलो… Read More
  • नेपाल अधिराज्यशाह शासन मुख्य लेख: शाह वंश पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरिसकेपछि विसं २०२६ मा आफ्नो देशको राजधानी गोर्खाबाट काठमाडौंमा सार्नुसँगै नयाँ नेपाल अधिराज्यको पनि स्थापना गरे। पृथ्वी नारायणको मृत्यूपछि पनि शाह… Read More
  • सिक्किमको भन्दा खतरनाक खेलमा यसरी फस्दैछ नेपाल नयाँदिल्ली । विश्वकै तेस्रो अग्लो हिमाल (८,५८६ मि) कञ्चनजंघाको काखमा छ उत्तरपूर्वी भारतीय राज्य सिक्किमको राजधानी गान्तोक। यो राज्य ४१ वर्षअघि एउटा स्वतन्त्र राजतन्त्रात्मक मुलुक थियो। गत जनवरी १८ मा पहिलोपटक गान्तोकको भ्र… Read More

0 comments:

Facebook Blogger Plugin by Best Solution Enhanced by Get this widgetDevelop by Amit Gubhaju

Post a Comment

Followers

Video

Online earning in Nepal

Popular Posts