Showing posts with label politics. Show all posts
Showing posts with label politics. Show all posts

Saturday, September 10, 2016

 भारतका कतिपय लेखकहरूको भारतका सत्ताधारी वर्गकोझैँ नेपालप्रतिको सोच हेपाहा छ, खोटो छ। सिंह पनि त्यही कोटीका खोटो सोचयुक्त पत्रकार रहेछन्।
...‘माउन्ट एभरेस्ट’ भारतको हिमालय पर्वतको उच्च श्रङ्खला हो र माउन्ट एभरेस्ट भारतमा छ भन्ने बुझाउन खोजिएको छ। ...पीपलको रुखलाई अशोक वृक्ष भनेका छन् तर, मुख्य कुरोचाहिँ ‘बुद्धको जन्म नेपालमा भएको हो’ भन्न छुद«याइँ देखाएका छन्।...अङ्ग्रेजले आँखा गाडेको रमणीय नेपाली भू–भाग हात पारिसकेपछि सम्झौता गरेको हो, नेपालले युद्धमा आत्मसमर्पण गरेको होइन।



खुशवन्त सिंह (१९१५–२०१४) अन्तर्राष्ट्रिय पहिचान समेत बनाएका अङ्ग्रेजी भाषामा लेख्ने चर्चित भारतीय पत्रकार, राजनीतिक विश्लेषक, इतिहासकार, लेखक एवं साहित्यकार हुन। उनी आफ्ना कतिपय विवादास्पद विचारका लागि आलोचित र प्रशंसित छन्। 

उनीसँग भारत सरकारको विदेश मन्त्रालयमा केही समय काम गरेको अनुभव छ भने आफ्नो सय वर्षे जीवनको अधिकांश समय पत्रकारितामै संलग्न रहे। १९८०–८६ को अवधिमा उनी राज्य सभाको मनोनित सदस्य पनि रहे। 

उनी आकाशवाणी रेडियो, सरकारी पत्रिका ‘योजना’ लगायत अङ्ग्रेजी पत्रिकाहरू ‘न्यु देल्ही’, ‘हिन्दुस्तान टाइम्स’ र ‘इल्युस्ट्रेटेड विक्ली अफ इन्डिया’ का सम्पादक रहे। पद्म भूूूषण (१९७४) र पद्म विभूषण (२००७) लगायत विभिन्न राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित उनका ‘दिल्ली’ र ‘ट्रेन टु पाकिस्तान’ चर्चित उपन्यासहरू हुन्। ‘एग्नोस्टिक खुशवन्त ः देयर इज नो गड’ उनको दर्शन सम्बन्धी आत्मपरक लेखनीयुक्त वैचारिक पुस्तक हुनुपर्छ। 

उनको एउटा पुस्तक ‘मेरा भारत’ सन् २००९ मा राजपाल प्रकाशनबाट प्रकाशित भएको छ। मूल अङ्ग्रेजीमा लेखिएको उक्त पुस्तकको अनुवाद चर्चित भारतीय साहित्यकार डा. भगवतीशरण मिश्रले गरेका हुन्। उक्त पुस्तकको मूल अङ्ग्रेजी शीर्षक के थियो भन्नेबारे अनुदित पुस्तकमा उल्लेख गरिएको छैन तर, लेखककै भूमिकामा उल्लेख गरिएको ‘दी भ्यू अफ इन्डिया’ वा उनको पुस्तक ‘इन्डिया ऐन इन्ट्रोडक्सन’मध्ये कुनैको अनुवाद हुन सक्छ यो पुस्तक। 

यो पुस्तक इतिहास, सँस्कृति, जनजीवन, राजनीति आदि विभिन्न दृष्टिकोणबाट भारतलाई चिनाउन सामान्य पाठकका लागि तयार पारिएको पठनीय पुस्तक हो। भारतको उत्तरी छिमेकी नेपाल पनि भएकोले चार–पाँच ठाउँमा नेपालसँग सम्बद्ध सन्दर्भ पनि उक्त पुस्तकमा परेको छ र तीमध्ये केही सन्दर्भ आपत्तिजनक रहेका छन्। 

तिनै सन्दर्भहरूप्रति हामी नेपालीको ध्यान आकृष्ट गर्नु यो लेखको उद्देश्य हो ।





उक्त पुस्तकको आरम्भतिर नै भारतको प्राकृतिक विभाजनको चर्चा गर्दै यस्तो लेखिएको छः

‘...उत्तर पश्चिम की पर्वत श्रृंखलाएँ उधर की सीमाओं का निर्माण करती हुई पाकिस्तान के निर्माण के पूर्व इस उपमहाद्वीपको एक भौगोलिक एकता प्रदान करती थी। इन पर्वतों का महत्व उनकी अभेद्यता में था।
ये पर्वत संसार में सर्वोच्च है – माउंट एवरेस्ट की उचाइ २९०२८ फीट है।’ (पृष्ठ १०) 

(नेपाली अनुवादः उत्तरपश्चिमतिरको पर्वत श्रृङ्खलाहरूले त्यतातिरको साँधको निर्माण गर्दै पाकिस्तान बन्नु अघि यस उपमहाद्वीपलाई एउटा भौगोलिक एकता प्रदान गर्दथ्यो। यी पर्वतहरूको महत्व तिनको अभेद्यतामा थियो।

यी पर्वत संसारमा सर्वोच्च छन् – माउन्ट एवरेस्टको उचाइ २९०२८ फीट छ ।...)

यहाँ सगरमाथालाई भारतको प्राकृतिक विभाजनको चर्चाको पेटभित्र पारेर उल्लेख गर्नुले ‘माउन्ट एभरेस्ट’ भारतको हिमालय पर्वतको उच्च श्रङ्खला हो र माउन्ट एभरेस्ट भारतमा छ भन्ने भाव सम्प्रेषण गर्न खोजिएको स्पष्ट हुन्छ। 

पृष्ठ ९ र १० मा भारतको सीमाको उल्लेख गर्दै उनले लेखेका छन्, ‘इसकी सीमाएँ पाकिस्तान, रूस, चीन, बंगलादेश, नेपाल और बर्मा से लगती है।’

यहाँ, स्मरण रहोस् उनले भुटानलाई कहिँकतै उल्लेख गरेका छैनन्। पुस्तकमा ७ ठाउँमा नेपाल, भुटानसमेत स्पष्ट चित्राङ्कित भएको भारतको नक्सा राखिएको छ र पनि सगरमाथाको उल्लेख भारतको हुनेगरी गरिनु र छिमेकी देशका रुपमा भुटानको उल्लेख नगरिनु सोचनीय कुरा हो। यो साना देशप्रति आफूलाई ठूला ठान्नेको हेपाहा–मिचाहा व्यवहार हो।

सन्दर्भ –२ः

धार्मिक सन्दर्भको चर्चा गर्दा बौद्ध धर्मको उल्लेख गर्दै उनी लेख्छन्ः

‘बौद्ध महान धर्मों में एक है जिसे भारत ने विश्व को दिया...

शाक्य वंशीय क्षत्रीय शुद्धोदन नामक एक राजा था। जिसका राज्य आज की भारत नेपाल सीमा पर कहीं था। 

...५६३ ई.पू. जब माया लुम्बनी के उपवन में एक अशोक वृक्ष की शाखा पकडकर खडी थी, उसने एक बालकको जन्म दिया ...। (पृ.५६)

(नेपाली अनुवादः बौद्ध महान धर्महरूमध्येको एउटा धर्म हो जुन भारतले विश्वलाई दियो। शाक्य वंशको क्षत्री शुद्धोदन नाम गरेका एक राजा थिए, जसको राज्य आजको भारत नेपालको सीमामा कतैतिर थियो। ई.पू.५६३ मा लुम्बिनीको बगैँचामा अशोकको रुखको हाँगो समातेर उभिएका बेलामा मायाले एक बालकलाई जन्म दिइन्...।)

यहाँ पनि उनले नियतवश बडो बठ्याइँ छाँ्टदै अहिलेको नेपालको लुम्बिनीमा भन्नुको साटो भारत नेपालको सीमामा कतै भन्ने पदावली प्रयोग गरेका छन्। पीपलको रुखलाई अशोक वृक्ष भनेका छन् तर, मुख्य कुरोचाहिँ बुद्धको जन्म नेपालमा भएको हो भन्न कृपणता देखाएका छन्। यसका पछाडि उनको भारतवादी नियतले काम गरेको स्पष्ट हुन्छ। बुद्ध धर्म भारतले विश्वलाई दिएको होइन। धर्मको प्रवर्तक देश होइन, व्यक्ति हुन्छन्। बुद्ध नेपालका हुन् भन्ने तथ्य जगजाहेर छ। उनको जन्मभूमि नेपालको लुम्बिनी (कपिलवस्तु) हो र आफ्नो धर्मको प्रचार–प्रसार उनले भारत र नेपालका विभिन्न स्थानमा गएर गरे। 

सन्दर्भ–३ 

नेपाल बेलायत युद्धका सन्दर्भको चर्चा गर्दै सिंहले लेखेका छन्।

‘नेपाली १८१४–१६ में पराजित हुए पर उन्हें अपने पर्वतीय राज्य पर शासन करने दिया गया...।’ (पृ.१४४) 

(नेपाली अनुवादः नेपाली १८१४–१६ को युद्धमा (बेलायतसँग) पराजित भए तर पनि तिनलाई आफ्नो पर्वतीय राज्यमा शासन गर्न (बेलायतद्वारा) दिइयो।)

यहाँ पनि उनले तथ्यलाई नियतवश लुकाएका छन्। पश्चिमका कुमाउँ, गढवाल, नैनीताल आदि र पूर्वका दार्जिलिङ, खर्साङ, सिलिगुडी र तराईका कतिपय भूभाग भारतमा गाभिएको कुरा लुकाएका छन्। नेपालको जय–पराजयको कुरो एउटा पक्ष हो तर, अङ्ग्रेजले आँखा गाडेको रमणीय नेपाली भू–भाग हात पारिसकेपछि सम्झौता गरेको हो, नेपालले युद्धमा आत्मसमर्पण गरेको होइन।

यी कुराहरूले के पुष्टि गर्दछ भने भारतका कतिपय लेखकहरूको पनि भारतका सत्ताधारी वर्गकोझैँ नेपालप्रतिको सोच हेपाहा छ, खोटो छ। उनीहरू जानाजान सत्यतथ्यलाई भाँचकँुच पारेर प्रस्तुत गर्ने गर्दछन्। र, खुशवन्त सिंह पनि त्यही कोटीका खोटो सोचयुक्त पत्रकार रहेछन् भन्ने तथ्य उनको ‘मेरा भारत’ नामक पुस्तकले प्रस्तुत गरेको छ। 

यस्तो भ्रामक जानकारी सम्प्रेषण गर्न लेखक, अनुवादक र प्रकाशक तीनै थरी लागिपरेका छन्। उक्त पुस्तक सन् २००९ मा प्रकाशित भएको र त्यसपछि पनि त्यसका कतिपय संस्करण आइसकेका होलान्। पुस्तकका मूल लेखकको देहावसान २० मार्च २०१४ मै भइसकेको हुनाले गलत र भ्रामक तथ्यहरूको सम्प्रेषण गरिएबापतको भूलका लागि क्षमा माग्ने र भ्रामक जानकारीलाई सच्याउने कार्य प्रकाशकका हैसियतले ‘राजकमल प्रकाशन’को हुन आउँछ। त्यसैले राजकमल प्रकाशनले यसतर्फ शिघ्रातिशिघ्र ध्यान देओस्। यस पुस्तकको अङ्ग्रेजी संस्करणमा पनि त्यसका प्रकाशकले यी भ्रामक तथ्य सच्याउनु आवश्यक छ। 

Source:- Setopati

Thursday, September 8, 2016

२००७ साल मा जब प्रजातन्त्र आयो तब देखि नेपाल विभिन्न नाम मा बेचिएको छ । जब जब नेता हरु प्रजातन्त्र को नाम लिदै सत्ता को कुर्सि बस्छन तब तब अनेकौ बहाना मा नेपाल माथि असमान सन्धि थुपारेर देश प्रति घात गरेका छन् । आफ्ने सत्ता टिकाउन को लागि मात्र हाम्रो देश का नेता हरु देश बेची रहे । सत्ता टिकाउनैका निम्ति २०४८ सालमा भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए । सत्ता टिकाउन र सत्तामा बसिरहने उद्देश्यले नेपाली काङ्ग्रेस र एमालेले २०५३ साल असोज ४ गते महाकाली सन्धिलाई नेपालको संसदबाटै अनुमोदन गरिदिएका थिए

१-कोशी सम्झौता, ( स्व .मातृका प्र. कोईराला ) २-गण्डक सम्झौता, ( स्व. वि पि कोईराला )
३-कालापानीमा भारतीय सैनिक तैनाथ राख्ने सम्झौता, ( स्व. वि पि कोईराल ) ४-शान्ति, सेना र हातहतियार सम्बन्धी सम्झौता, ( स्व. वि पि कोईराल ) ५-टनकपुर, महाकाली सन्धि ( स्व. गिरिजा प्र. कोईराला+ माधव कुमार नेपाल+ शेर बहादुर देउवा) ६-माथिल्लो कर्णाली ( स्व. गिरिजा प्र. कोईराला + सुसिल कोईराला ) ७- पश्चिम सेति ( स्व. गिरिजा प्र. कोईराला ) ८-अरुण-३ ( स्व. गिरिजा प्र. कोईराला + सुसिल कोईराला सरकार )
२०६२ मङ्सिर ७ गते भारतकै मध्यस्थतामा १२ बुँदे समझदारी भएको थियो भने त्यही सहमती बाट भएको जनआन्दोलन -२ बाट प्राप्त ६२/६३ को सरकारको सत्ता को दुरुपयोग गर्दै गिरिजा प्रसाद कोईरालाले मर्नु भन्दा अगाडी पश्चिम सेती, अरुण- ३ र माथिल्लो कर्णाली जस्तो सबै भन्दा घातक सन्धि भारत संग गरिदिए जुन सन्धि अनुसार ति नदिनालामा अब देखि कुनै पनि किसिमको अधिकार हुनेछैन । अहिले पनि भारतले नेपाल डुबान मा पर्ने गरि पश्चिम को महाकाली देखी पुर्वको मेचि नदि सम्म २० बटा भन्दा बढि बाधा अन्तराष्ट्रिय नियम बिपरीत नेपाल को स्विकृती नलिई बनाई सकेको छ भने नेपाल को तराई को ठुलो भु-भाग डुवानमा पर्ने निश्चित छ ।
टनकपुर संन्धि देशघाति सन्धि भएको भन्दै अन्तराष्ट्रिय रुप मा मुद्दा हाल्ने तरखरमा रहेको बेला मदनभण्डारी को २०५० जेठ ३ मा हत्या भयो । मदन भण्डारीको मृत्यु पछि एमाले महासचिवको पद सम्हालेपछि भारत भ्रमणमा गएका माधव कुमार नेपालले भारत भ्रमण बाट पर्के पछि सबैलाई आश्चर्य चकित पार्दै महाकाली सन्धिको मुद्दामा प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको पार्टि ले पनि संसदमा महाकालि सन्धिको पक्षमा उभिएर अनुमोदन गरेको थियो ।

– वि.सं. १९८३ मङ्सिर १० गते साँझ ८ बजे डडेल्धुराको करीगाउँमा आमा सरस्वतीदेवी र बुबा तारानाथ पन्तको कोखबाट जन्म ।

– पाँच वर्षको उमेरमा वि.सं. १९८८ मा आमाको मृत्यु ।

– सात वर्षको उमेरमा पढाइका लागि भारतको उत्तरप्रदेशको लखिनपुर एक विद्यालयमा भर्ना ।

– पढाइकै बीचमा १९९५ मा नेपाल फिर्ता ।

– १४ वर्ष उमेरमा १० वर्षीय पार्वतीदेवीसँग विवाह ।

– वि.संं. १९९८ को साउनमा भारतको सिँघाइबाट म्याट्रिक पास ।

– १५ वर्षको उमेरमा बुबाको मृत्यु ।

– २००१ मा उच्चशिक्षाको लागि भारत प्रस्थान । तर, पढाइलाई थाँती राख्दै अङ्ग्रेज विरुद्धको आन्दोलनमा सहभागी ।

– आन्दोलनको क्रममा गिरफ्तार ।

– १८ महिनाको इलाहावादको जेलजीवनपछि २००३ मा नेपाल फिर्ता ।

– डडेल्धुराको विरखन र बैतडीमा संस्कृत पाठशाला स्थापना ।

– भारतको पढाइ छोडेर राणाविरोधी आन्दोलन सहभागी गौरीलाल, रुपसिंह, सिवी सिंह, शेखर शर्माहरूसँग जोडिएर सुदूरपश्चिमका आदिवासी रानाथारु, गरिब किसानलाई सङ्गठित गर्दै राणा विरोधी आन्दोलनको उठान ।

– २००६ सालमा गरिबको मुक्तिको अपेक्षा गर्दै नेपाली काङ्ग्रेसको सदस्य ।

– २००७ सालमा डडेल्धुराको प्रशासक ।

– आफ्नो नेतृत्वमा सात सदस्यीय स्थानिय कामचलाउ सरकार गठन ।

– २००८ सालमा डडेल्धुराको गभर्नर हुँदा उपचार नपाएर जेठा छोरा प्रेमराज मृत्यु र आठ दिनपछि लगत्तै छोरी र केही समयपछि कान्छो छोराको पनि मृत्यु ।

– २००८ सालमै काङ्ग्रेसबाट गरेको अपेक्षा पूरा नभएको भन्दै पार्टी परित्याग ।

– आमूल परिवर्तन नभएसम्म गभर्नर हुनुको अर्थ छैन भन्दै पदत्याग ।

– २००८ सालको अन्त्यतिर नेपाली काङ्गे्रस नेतृत्वको सरकारले रक्षा दल लगाएर काठमाडौं जेल चलान ।

– हनुमानढोका जेल बसाइकै क्रममा कम्युनिस्ट नेता मनमोहन अधिकारीलगायतसँग भेट ।

– २००९ सालमा काठमाडौं आएर कम्युनिस्ट पार्टीसँग सम्पर्क ।

– २००९ मा ब्रह्मदेवमा लुकाएर राखेको नुन गोदाम कब्जा गरी किसानलाई वितरण ।

– २००९ साल चैत २७ गते गिरफ्तार ।

– २०१० साल असार १० गते बेलौरी जेलबाट भाग्न सफल ।

– काङ्ग्रेस सामन्तसँग मिलेको भन्दै कम्युनिस्ट विचारमा आवद्ध ।

– आन्द्र प्रदेशका नक्सलवादी नेता आयङ्गरसँग सम्पर्क विस्तार ।

– भीमदत्त आफ्ना लागि खतरा भएको भन्दै सरकारद्वारा गिरफ्तार ।

– जेल मुक्त हुनासाथ मनमोहन अधिकारी र पुप्पलाल श्रेष्ठको सल्लाहअनुसार आन्दोलन र सङ्गठन विस्तारका लागि सुदूरपश्चिम प्रस्तान ।

– ‘ठालु खान्ना आलु, गरिब खान्ना बासमती’ नारा लगाउँदै कञ्चनपुर र डडेल्धुरालाई केन्द्र बनाएर शोषक, सामन्त, ठालु, नक्कली तमसुक भकारी फोड अभियान सुरु ।

– भीमदत्त नेपाली शासकहरूको मात्र होइन भारतीय शासकहरूका लागि पनि बाँघ भए ।

– भीमदत्तको हत्या गर्ने र आन्दोलन समाप्त पार्ने योजना बन्यो । दुई देशका शासकहरूको, दुवै देशका सेना परिचालनको योजना ।

– २०१० सालमै कञ्चनपुर र डडेल्धुराको सदरमुकाम बेलौरी कब्जा पछि खाद्यान्न वितरण ।

– सन् १९५३ जुलाई १९ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र प्रधानसेनापति किरण शमशेर भारत गई भीमदत्तलाई मार्न सैन्य सहयोगको माग ।

– २०१० साल असार सात सयको सशस्त्र फौजसहित धनगढी कब्जाका लागि यात्रा सुरु ।

– धनगढीको बेहडा गाउँमा बसिरहेका बेला भारतीय सेनाले आक्रमण गर्दा तीनजनाको सहादत, दर्जनौं घाइते, दुई सय ५० जति गिरफ्तार । तर, भीमदत्त पन्त घेरा तोड्न सफल ।

– २०१० साउन १७ गते आन्दोलनलाई पुनः सङ्गठित गर्ने क्रममा डडेल्धुराको गल्लेखमा खानाखान लागेको बेला भारतीय र नेपाली सेनाले संयुक्त रुपमा घर घेरा हाली मित लालबहादुर थापाले गोली हाने ।

– २०१० साउन १८ गते टाउको काटेर डडेल्धुरा (अहिलेको जिप्रका नजिकै) बाँसको लिङ्गोमा ७२ घण्टासम्म झुण्ड्याइयो ।

– ७२ घण्टासम्म काठमाडौंदेखि दिल्लीका शासकहरूले भोज मनाए । सामन्तको विरुद्ध र किसान राजको पक्षमा संघर्ष गरेकै कारण जनताको प्रिय नेताले ज्यान गुमाउनु पर्यो ।

– मार्ने लालबहादुर थापालाई बडा हाकिमबाट ५ हजार पुरस्कार प्रदान ।

– श्रीमती पार्वतीलाई जबरजस्त ३१ बुँदे सर्तमा औंठाछाप लगाउन लगाएर टाउको जिम्मा लगाइयाे ।

– धर्मदेव, सिद्धराज उप्रेती, सोबे सार्की, फकिरे दमाईलगायतले टाउको बोकेर घटाल बाबा मन्दिर छेउमा अन्तिम अन्त्येष्टि ।



source: http://dabalinews.com/


२०४६ साल मा भारत ले नेपालको रक्षा र प्राकृतिक क्षेत्रमाथि असमान हिसाबले नियन्त्रण गर्ने असफल कोसिस मात्र गरेन नेपाल माथि १८ महिने आर्थिक नाकाबन्दी सम्म गर्यो

भारतले लगाएको आर्थिक नाकाबन्दीसमक्ष नझुकेका र पछि नेपालको रक्षा र प्राकृतिक क्षेत्रमाथि असमान हिसाबले नियन्त्रण गर्न खोजेको भारत सरकारको प्रस्ताव अस्वीकार गर्न राजा वीरेन्द्रसँग एकमन र एकमत प्रदर्शन गरेका मरिचमानले आवश्यकता पर्नेबित्तिकै सबै दोष आफूले लिँदै राजीनामा दिन तयार भएको आश्वासनसाथ भारतसमक्ष नझुक्न राजालाई आग्रह गरका थिए।

सन १९९० को मार्च ३१ देखि अप्रिल २ बीच भारतका तत्कालीन विदेश सचिव एसके सिंहले समकक्षी नरेन्द्रबित्र्र्कम शाहलाई यात्राको अवसरमा सन्धि को मस्यौदा प्रस्ताव बुझाएका थिए ।

२०४६ सालमा भारतले नेपालसँग दबाबमा गराउन खोजेको सहमति यस्तो थियो

सन् १९७८ मा पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई फाँसी दिएपछि भारतीय प्रधानमन्त्री मोरारजी देशाईको चेतावनीयुक्त प्रतिक्रिया थियो : ‘जीवित भुट्टोभन्दा मृत भुट्टो शक्तिशाली सावित हुने छन्।’ यो भनाइलाई पाकिस्तानको अस्थीर र सैनिक वर्चस्वसहितको राजनीतिक पृष्ठभूमिमा कसरी विश्लेषण गर्ने, भन्न कठीन छ। तर, भुट्टोलाई फाँसी दिने शक्ति र सत्ताको पतन अपमानजनक र विभत्स तरिकाबाटै भयो। कुनै मुलुकका घटना–दुर्घटना अर्को मुलुकमा त्यही रूपमा दोहोरिँदैनन्। तर, समान प्रकृतिका घटना विभिन्न मुलुकका विभिन्न कालखण्डमा पुनरावृत्ति भने हुन सक्छन्, कुनै न कुनै रूपमा। क्यान्सरसँगको लामो लडाइँपछि विहीबार प्राण त्याग गरेका पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठबारे अहिले नेपालमा त्यस्तै अवधारणा बन्न थालेको छ– के दिवंगत मरिचमान सिंह जिउँदा मरिचमानभन्दा बढी शक्तिशाली सावित होलान्? राजनीतिक मान्यता र राष्ट्रियताप्रतिको प्रतिबद्धता या त्यसको अभावबाट प्रभावित हुन सक्छन् यसबारेको उत्तर। तर, मरिचमानका राजनीतिक र सामाजिक आफन्तसाथै परिवारले उनलाई सरकारले दिएको ‘एक किसिमको राजकीय सम्मान’लाई ‘राष्ट्रवादी नेता’ को अपमान मान्दै अस्वीकार गरेपछि मरिचमानको जीवनकालमा राजनीतिक रूपमा फरकमत राख्नेहरूको पनि अहिले उनले समर्थन, सहानुभूति र आदर कमाएका छन्। विहीबार बेलुका उनको अन्त्येष्टिमा लागेका नाराहरू र मलामीमा सामेल भिडको ‘मुड’ले प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारलाई ‘खलनायक’को रूपमा मात्र प्रस्तुत गरेन, सरकारमाथि वर्चस्व राख्ने चार पार्टीहरू, अझ खास गरी माओवादी नेताहरूलाई ‘विदेशी दलाल’ भएको र त्यसैले ‘राष्ट्रवादी’ नेताको अपमान उनीहरूको ‘नियत’ र ‘बाध्यता’ दुबै भएको सन्देश पनि दिइरहेको थियो। सरकारले आदेश दिएअनुसार त्यहाँ ‘विगुल’ र ‘ब्याण्ड’सहित उपस्थित नेपाल प्रहरी स्वर्गीय मरिचमानलाई बिदाइ नदिई फर्कन बाध्य भयो। रेग्मी रहस्यमय व्यक्ति हुन्। पश्चाताप उनको चरित्र होइन। तर, भिडले नारा लगायो, ‘खिलराज यो सम्मान आफ्नै लागि राख।’ आर्यघाटमा सामेल हुनेहरूले राष्ट्रिय ‘मुड’को प्रतिनिधित्व गरे भन्न मिल्दैन। तर, माओवादीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार भई पराजित रामराजाप्रसाद सिंहलाई दिइएको भन्दा निम्नकोटीको ‘सम्मान’का नाममा मरिचमानलाई ‘अपमान’ गरेको व्यापक धारणा अधिकांश सामाजिक सञ्चार नेटवर्कमा देखापरे। मरिचमानप्रतिको त्यो जनसहानुभूति र सम्मानका विभिन्न कारण छन्। अहिलेको राजनीतिक अनिश्चितता, अराजकता र नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई धेरै उकासेको छ। धापासीस्थित उनको निवासमा पार्थीव शरीरमा फूल चढाउन पुगेका रेग्मी अनि बाबुराम भट्टराई र प्रचण्ड सबैले उनलाई राजकीय सम्मान ‘लायक’ रहेको घोषणा गरेपछि औपचारिकता र निम्नकोटीको सम्मानको घोषणा गर्‍यो सरकारले। २०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दीसमक्ष नझुकेका र पछि नेपालको रक्षा र प्राकृतिक क्षेत्रमाथि असमान हिसाबले नियन्त्रण गर्न खोजेको भारत सरकारको प्रस्ताव अस्वीकार गर्न राजा वीरेन्द्रसँग एकमन र एकमत प्रदर्शन गरेका मरिचमानले आवश्यकता पर्नेबित्तिकै सबै दोष आफूले लिँदै राजीनामा दिन तयार भएको आश्वासनसाथ भारतसमक्ष नझुक्न राजालाई आग्रह गरका थिए।
यस्तो अर्थ लाग्ने मस्यौदा(ड्राफ्ट) प्रस्ताव भारतका तत्कालीन विदेश सचिव एसके सिंहले समकक्षी नरेन्द्रबित्र्र्कम शाहलाई बुझाएका थिए, सन १९९० को मार्च ३१ देखि अप्रिल २ बीच भएको उनको यात्राको अवसरमा। (मस्यौदाको विवरण तल हेर्नुहोस्।) त्यसविपरीत बाबुराम–प्रचण्डले मरिचमानको त्यो अडानको १२ वर्षपछि भारतीय संस्थापनलाई गुप्तचर संस्थामार्फत गोप्य तथ लिखित आश्वासन बुझाएका थिए– भारतको अपरिभाषित ‘व्यापक हित’ विपरीत नजाने प्रतिज्ञाका साथ। मरिचमानले प्रधानमन्त्रीका रूपमा लगातार भारतको उच्चतम् तहलाई नेपाल भारतविरूद्ध ‘नरहेको’ र ‘नजाने’ आश्वासन दिए पनि गोप्य दस्तावेजमा अपारदर्शी रूपले हस्ताक्षर गर्न मानेनन्। तर, भारतले लगाएको १८ महिने नाकाबन्दीकै कारण नेपालमा वहुदलीय संसदीय व्यवस्था पुनर्स्थापनाको आन्दोलन सुरू भएकोले उनी ‘प्रजातन्त्र विरोधी’ रूपमा चित्रित हुन थाले। भारतीय संस्थापनका नजरमा कीर्तिनिधि विष्टपछिका या त्यस्तै तहका ‘भारत विरोधी’ का रूपमा पनि उनी चर्चित हुन थाले। २०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी पराजित भए। तर, राजनीति र प्रधानमन्त्रीका रूपमा आएका निर्णयका पक्षमा अडिग रहे उनी। बरू भारतीय संस्थापनसँग नजिक रहेको ‘अवधारणा’बाट ग्रस्त नेपाली कांग्रेसभन्दा माओवादी ज्यादा ‘राष्ट्रवादी’ भएको उनको प्रारम्भिक मान्यता थियो। तर, बाबुराम–प्रचण्डले भारतीय संस्थापनलाई चिठी बुझाएको प्रकरण एसडी मुनिले खुलासा गरेपछि उनीहरूप्रति मरिचमानको वितृष्णा बढेको थियो। यता नेकपा–माओवादीसँग उनले भेटघाट निकै बाक्लिएको थियो। यता आएर चार दलका नेताहरूले विदेशीलाई स्वीकार्दै र प्रोत्साहित गर्दै गएपछि मरिचमानले बराबर दुबै माओवादीका नेताहरूको ‘कान निमोठ्न’ थालेको समेत जानकारहरू बताउँछन्। अर्थात उनको साहस र हैसियत बढ्दै गएको बेला उनी क्यान्सरबाट ग्रस्त भएको थाहा भयो। स्वदेशमै मर्ने अन्तिम अभिलाषाले नेपाली माटोप्रतिको उनको प्रेम पुनः चर्चाको विषय बन्यो। अन्त्येष्टिमा सरकारी विवेकहीनता र राष्ट्रवादी छवि बनाएका एउटा पूर्वप्रधानमन्त्रीप्रतिको असमान व्यवहारलाई आमजनताले ‘राष्ट्रवाद’ विरूद्धको अपमान मान्यो। उनको अपमान गर्नेहरूको हीनताग्रस्त व्यक्तित्व र राजनीतिक प्रमाण बन्न पुग्यो त्यो। एउटा व्यक्तित्वको ‘वासलात’ उसका जीवनका विविध कार्यहरूले निर्धारित गर्छन्। त्यसमध्ये केही कार्यहरूले निर्णायक हैसियत राख्छन्। गिरिजाप्रसाद कोइरालाको २०६२–२०६३ नेतृत्वका सफलताले उनका जीवनका अनेक कमजोरी र असफलता ओझेलमा पारे। लहरविरुद्ध उभिने नेतृत्व क्षमताले कृष्णप्रसाद भट्टराईलाई अमर तुल्यायो। बिपीले राजनीतिक पराजयभन्दा प्रजातन्त्र र राष्ट्रियताका मूल्य र मान्यता आत्मसात गरेर महान बने। विदेशी वर्चस्व स्वीकारी सत्तामा पुगेका रेग्मी र त्यसलाई अनुमोदन गर्ने चार दलका नेताहरू ‘राजनीतिक बाउन्ने’ देखिँदै गर्दा मरिचमानको त्यसबेलाको अडान अहिले ‘राष्ट्रवादी’ छविको कारक तत्व सावित भयो। त्यसैले हुन सक्छ, सायद दिवंगत मरिचमान जीवितभन्दा बढी शक्तिशाली बन्न पुगे भविष्यमा भने आश्चर्य मान्नुपर्ने छैन।
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा १. यसपछि करार पक्ष (कन्ट्रायाक्टिङ पार्टेज) का रूपमा पनि उल्लेख हुने) भारत सरकार र श्री ५ को सरकार, नेपालः इतिहास, भूगोलको नाता, साझा सामाजिक तथा सांस्कृतिक मूल्यहरूमा आधारित भारतीय र नेपाली जनताबीच रही आएको अद्वीतिय, पुस्तौं पुरानो र पारम्पारिक सम्बन्धलाई स्मरण गर्दै –हस्ताक्षरयता र पछिसम्म भारत–नेपाल सम्बन्धको जग रहीआएको भारत र नेपाल सरकारबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिप्रति प्रतिबद्धता जनाउँदै, – दुई मुलुक र जनताबीच मित्रताको गाँठो, असल छिमेकीपन र दुई पक्षका लागि लाभकारी सहयोग दरिलो बनाउने इच्छाका साथ दुई पक्षबीच आर्थिक सहयोग सुदृढ गर्ने दृढतासहित, – आफ्नो अर्थतन्त्र आफ्नै र साझा हितमा विकसित गर्न इच्छुक, वैज्ञानिक र प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान दुई पक्षबीचको व्यापार प्रवर्द्धनका लागि लाभकारी हुने विश्वासका साथ, निम्न कुराहरूमा सहमति जनाएका छन्। खण्ड १ एकअर्कामा भूभागमा एक अर्काका नागरिकहरू प्रतिको व्यवहारः धारा १ दुई पक्षले स्वीकार गरेका अपवादबाहेक, करार पक्षहरूले त्यस्ता कुनै कानूननियम तथा आदेश जारी या निरश्त गर्ने छैनन् जसले भारत सरकार र नेपाल सरकारबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धी र त्यसैसाथ आदान प्रदान गरिएका पत्रहरूद्वारा एउटा मुलुकका नागरिकले अर्को मुलुकमा बसोबास, सम्पत्तिको स्वामित्व, रोजगारी, व्यापार र वाणिज्यमा सहभागिता, आवागमन, औद्योगिक र विकाससम्बन्धी गतिविधिमा सहभागिता र उनीहरूलाई प्राप्त हुने अनुदान तथा सहुलियतसम्बन्धी अधिकार विशेष सुविधालाई विभाजित गर्नेछन्। धारा ३ करार पक्षले अर्को पक्षको जानकारीमा त्यस्ता कानून, नियम, नियमन र सरकारी आदेश ल्याउन स्वतन्त्र हुनेछन् जसले एक अर्काका भूमिमा आफ्ना नागरिकको अधिकार र सहुलियत कटौती गर्ने छन्। खण्ड २ सुरक्षा सहयोग धारा १ सुरक्षा समर्थन बलियो बनाउन करार पक्षहरू सैन्य क्षेत्रमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन्। त्यसका लागि श्री ५ को सरकारले परामर्शपछि नेपालद्वारा प्राप्त गर्ने हातहतियार तथा आफ्नो सुरक्षाका लागि आवश्यक सामग्रीहरू बारे भारत सरकारसँग उचित सम्झौता गर्ने छ। धारा २ करार पक्षबीच सैन्य क्षेत्रको सहयोग अन्तर्गत भारत सरकारले हतियार, गोलीगठ्ठा, अन्य सामग्री र अतिरिक्त गठन (संरचना), उपकरण सहयोग स्वरूप प्रदान गर्नुका साथै अतिरिक्त संरचना र शाही नेपाली सेनाका प्रतिनिधिहरूको आपसी निर्णयमा। धारा ३ सैन्य क्षेत्रमा करार पक्षबीचको सहयोग अन्तर्गत नेपाली सशस्त्र बलका व्यक्तिहरूको तालिमका लागि सहयोग सामेल हुनेछ। धारा ४ करार पक्ष एक अर्काकाविरुद्ध अन्य कुनै राज्यसँग कुनै सैनिक गठबन्धनमा प्रवेश नगर्ने प्रतिवद्धता गर्छन्। श्री ५ को सरकार, नेपालले यस सन्दर्भमा भारत सरकारसँग पूर्व परामर्श र सहमतिबिना माथि उल्लिखित धारा १देखि ३ सम्म उल्लिखित विषयहरूमा कुनै राज्य या संगठनसँग कुनै सहमति गर्ने छैन। धारा ५ माथि धारा १ देखि ४ सम्मका व्यवस्थाले करारपक्ष दुवै मुलुकका स्वतन्त्र विदेश नीतिमा कुनै प्रभाव पार्ने छैनन्। खण्ड ३ व्यापार व्यापार सम्बन्धी सहमतिका धाराहरू यस खण्डमा समावेश गरिने छन्। खण्ड ४ पारवहन पारवहन सम्बन्धमा सहमतिका धाराहरू यस खण्डमा समवेश गरिनेछन्। खण्ड ५ अनाधिकृत व्यापार नियन्त्रण गर्न सहयोग अनाधिकृत व्यापार नियन्त्रण गर्नेबारेका सहमति यस खण्डमा समावेश छन्। खण्ड ६ आर्थिक, औधोगिक र जल संसोधन सहयोग धारा १ भारत नेपालबीचको पारस्परिक मैत्रीपूर्ण मित्रताको भावना अनुरूप नेपाली जनताको फाइदा र भलाइका लागि श्री ५ को सरकार, नेपालका अनुरोधमा समयसमयमा करार पक्षद्धारा तय गरिने विकाश सयहोग उपलब्ध गराउन भारत सरकार प्रतिवद्धता व्यक्त गर्दछ। धारा २ श्री ५ को सरकार, नेपालले आफ्नो प्राकृतिक संशोधनको विकासमा या कुनै औद्योगिक परियोजनामा विदेशी सहयोग लिने निर्णय गरेमा, त्यसमा पहिलो प्राथमिकता भारतीय सरकारले या भारतीय नागरिकले पाउने छन्।, यदि भारत सरकार वा भारतीय नागरिकले अन्य कुनै राज्य, उनीहरूका नागरिक, या अन्य कुनै अन्तर्राष्ट्रिय संगठन या एजेन्सीले प्रतिज्ञा गरेका सर्तहरू भन्दा कम सकारात्मक छैनन् भने। धारा ३ साझा रूपमा वितरित नदीहरुका पानीको पूर्ण र सन्तोषजनक उपयोगितााप्रति समान आकांक्षा राख्दै करार पक्षहरूबीच प्रतिवद्धता जनाउँछन् कि (१) सम्बन्धित नदीहरूमा विद्यमान प्रयोग सुनिश्चित गर्दै नयाँ प्रयोग र परियोजनाको तर्जुमा गरिने छ, र (२) करार पक्षहरूको पानीको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ योजना तथा परियोजना तयार गर्ने, रूपान्तरित गर्ने, एक अर्कालाई सहयोग पुर्‍याउने छन्। धारा ४ करार पक्ष संयुक्त रूपमा आपसी लाभका योजना तर्जुमा, निर्माण र व्यवस्थापनका लागि सहमति जनाउँछन्। यस सन्दर्भमा साझा हितमा आवश्यक महसुस गरिएको खण्डमा तेस्रो पक्षको संलग्नता आपसी सहमतिमा निर्धारित हुने छ। खण्ड ७ अन्तिम प्रावधानहरू धारा १ यो सहमतिको सौहार्द्रपूर्ण र प्रभावकारी कार्यान्यवयनमा सघाउ पुर्‍याउन करार पक्षहरू नियमित रूपमा भारत नेपाल संयुक्त आयोग मातहत एक अर्कासँग परामर्श र यो सहमतिकोे कार्यान्वयन समीक्षा गर्ने छन्। यो उद्देश्यका लागि उनीहरू १२ महिनामा कमसेकम एकपटक बैठक गर्ने छन्। धारा २ यो सहमतिको उद्देश्यका लागि यसमा उल्लिखित विभिन्न खण्डहरू एक अर्कासँग अन्तर्सम्बन्धित छन् र तिनीहरूलाई ‘समग्र’ मानिने छ। धारा ३ यो सहमतिको भाग १ त्यो सम्पूर्ण अवधिका लागि कार्यान्यवनमा रहने छ जबसम्म सन् १९५० को भारत–नेपाल शान्ति र मैत्री सन्धी कार्यान्यवयनमा रहने छ। सहमतिको खण्ड २ दश वर्षका अवधिका लागि कार्यान्वयनमा रहने छ। र सहमतिका आधारमा फेरबदलसहित आपसी सहमतिमा अर्को १० वर्षका लागि नवीकरण गर्न सकिने छ। सहमतिको खण्ड ३ … वर्षका लागि कार्यान्यवनमा रहने छ। सहमतिका आधारमा भएका फेरबदलसहित आपसी सहमतिमा अर्को दश वर्षका लागि नवीकरण गर्न सकिने छ। सहमतिको खण्ड ४ …वर्षका लागि कार्यान्वयनमा रहने छ। आपसी सहमतिमा त्यसलाई……वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित। सहमतिको खण्ड ५ …वर्षका लागि कार्यान्वयनमा रहने छ। आपसी सहमतिमा त्यसलाई……वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित। सहमतिको खण्ड ६ …वर्षका लागि कार्यान्वयनमा रहने छ। आपसी सहमतिमा त्यसलाई……वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित। धारा ४यो सहमति … १९९० बाट लागू हुने छ। भारत सरकार र नेपाल सरकारबीचको शान्ति तथा मैत्री सन्धि कार्यान्वयनमा रहेको अवधिसम्म बहाल रहने छ। काठमाडौंमा … दिन …महिना सम्भवतः एक हजार नौ सय नब्बेमा हिन्दी, नेपाली र अंग्रेजीमा समान रूपमा प्रमाणित दुई–दुई प्रतिमा हस्ताक्षरित। केही आशंका उत्पन्न भएमा अंग्रेजीप्रति निर्णायक हुने छ। श्री ५ को सरकार नेपालका तर्फबाट भारत सरकारका तर्फबाट ….. …….
(यो सहमतिको मस्यौदा अवतारसिंह भसिनद्वारा सम्पादित ‘नेपाल्स रिलेसन्स् विथ इन्डिया एन्ड चाइना १९४७–१९९२’ पुस्तक (पेज ५४५-५४९) बाट साभार गरिएको हो।) साभार -सेतोपाटीमा भाद्र २, २०७०मा प्रकाशित बरिष्ठ पत्रकार युबराज घिमिरेको लेख


३२ जेठ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लिम्पियाधुरादेखि लिपु लेक भञ्ज्याङसम्मको क्षेत्रमा नेपालको प्रशासन कायम गर्न माग गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमलाई तीनबुँदे ज्ञापनपत्र बुझाउँदै मोर्चाले उक्त भूभाग नेपालको मौजुदा एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफिलभित्रै पर्ने जनाइएको छ ।

चीन र भारतका प्रधानमन्त्रीबीच चीनको बेइजिङमा गत मे १५ तारिखका दिन भएको सम्झौताको २८औँ बुँदामा ती दुई मुलुकले लिपुलेक भञ्ज्याङबाट अन्तर सीमा व्यापार खोल्ने उल्लेख गरेसँगै यस विषयमा टीकाटिप्पणी हुँदै आएको छ ।
नेपाल–भारतबीच विगतमा भएका विभिन्न सम्झौतालगायतका तथ्य र प्रमाणले पनि सो भूभाग नेपालकै रहेको मोर्चाको ठहर छ । सो क्षेत्रमा भारतले लिम्पियाधुरादेखि कालापानीसम्मको करिब ३७३ वर्गकिलोमिटर भूभागमा सन् १९६२ देखि सैनिक राख्दै आएको मोर्चाको भनाइ छ ।

भारत र चीनबीच भएको सम्झौता रद्द गराउन पहल गर्न मोर्चाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
लिम्पियाधुरा पूर्वका गुन्जी, नाबी, गब्र्याङलगायतका गाउँमा २०१८ सालको राष्ट्रिय जनगणनामै जनगणना भएको थियो भने २०१५ सालको आम निर्वाचनमा सो क्षेत्रका जनताले मतदान गरेका थिए ।
सो क्षेत्रमा नेपालको प्रशासन कायम गरी सुरक्षा फौजको उपस्थिति कायम गर्न मोर्चाले गृहमन्त्रीसँग मागसमेत गरेको छ ।
ग्रेटर नेपालले लिपु लेक त्रिदेशीय बिन्दु होइन, त्रिदेशीय बिन्दुका रुपमा रहेको महाकालीको मुहान र लिम्पियाधुराबाट सो लेक ५३ किलोमिटर पूर्व नेपालमा पर्ने बताएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै उपप्रधान एवम् गृहमन्त्री गौतमले ‘हाम्रो कुनै सहमति नलिई तपाईंहरुले त्रिदेशीय बिन्दुमा के कति कारणले सहमति गर्नुभयो स्पष्ट गर्नोस्’ भनेर दुवै देशलाई कूटनीतिक माध्यमबाट पत्राचार गरिसकिएको जानकारी दिएका थिए ।
उनले भने– “दुवै देशका सीमा व्यवस्थापन तथा निर्धारणका लागि गठन भएका समितिले कालापानी र सुस्ता क्षेत्रमा कुनै निर्णय नगर्ने भनेको अवस्था विद्यमान रहेकाले सीमा जहाँ हो त्यही स्थापित गर्न सरकार प्रतिबद्ध रहेको छ ।” रासस

Followers

Video

Online earning in Nepal

Popular Posts