Showing posts with label history. Show all posts
Showing posts with label history. Show all posts

Thursday, September 8, 2016

डी.कोइराला

सुगौली सन्धिले हड्पेको भूभाग र अरु गोर्खा बाहूल्य क्षेत्रका गोर्खाहरुका तर्फबाट २ डिसेम्बर १९४६ मा ब्यारिष्टर डम्बर सिं गुरुङ (जो भारतको संविधान निर्माण गर्ने सभाको सदस्य बनाइए) को नेतृत्वमा आएको डेलिगेसनमा रणधीर सुब्बा (पछि नेपाल आएर परराष्ट्र मन्त्री, राजदूत भए) टिकाराम शर्मा (नेपाल आएर रेडक्रसको सेवामा लागे) आदि थिए । यो डेलिगसनले जर्नेल बहादुर समशेर जवरालाई भेटेर सम्पूर्ण वृतान्त अवगत गरायो । बहादुर समशेरले आफू एक्लैले निर्णय गर्न नसक्ने तर श्री ३ मा जाहेर गरिदिने वचन दिए । पछि सोही वचन अनुसार भारदारी सभा बस्न गयो । त्यो भारदारी सभामा डेलिगेसनका तर्फबाट ‘हामी जमिनसँगै नेपाल आउँछौं, हाम्रो गोर्खा लिग पार्टीलाई नेपाल सरकारले मान्यता देवस, साथै गोर्खालिगको शाखा नेपालमा खोल्ने अनुमति मिलोस्’ भन्ने प्रस्ताव राख्यो ।

यो प्रस्तावलाई जनरल विजय समशेर जवराले मैत्रीपूर्ण तरिकाले स्वागत जनाएका थिए तर भारदारी सभामा बस्ने केही भारदारहरुले यो प्रस्ताव स्विकार गर्न अप्ठ्यारो मानेर असहमति जनाए । ५ डिसेम्बर १९४६ का दिन डेलिगेसन दार्जीलिङ फर्कियो ।

यो डेलिगेसन आएको र फर्किएको सम्बन्धमा नेपालमा जानिफकारहरु र दार्जीलिङका जानिफकारहरुले आ–आफ्ना धारणा व्यक्त गर्दैै गरेको भेटिन्छ । हिजो आजसम्म पनि त्यो डेलिगेसन आएको, छलफल गरेको र डेलिगेसन फर्किएको सम्बन्धमा कुराकानी भइरहने गरेको सुन्न छोडेको छैन ।
नेपालका तर्फबाट व्यक्त भएको र हुने गरेको धारणा यस्तो छ :
दार्जीलिङतिर बातकी, पातकी, छेतकी, खोलो लाग्ने, पैह्रो लाग्ने, राजा लाग्ने, जुवातास खेल्ने आदि मानिसहरुको जमघट भएको छ । त्यहाँ जात धर्म छैन, सबै सरोबरी छन्, ल्मेच्छ छन् । नेपालमा जातपात धर्मकर्म छ, त्यसैले ल्मेच्छहरुलाई नेपालमा ल्यायो भने सबै नेपालीहरु पतित हुन जानेछन् । त्यसैले नेपाललाई जात धर्म भएको देश कायम राख्नकै लागि वा राणा शासन कायम राख्नका लागि हो नेपालको राणा सरकारले दार्जीलिङ् जिम्मा नलिएका हुन् अरे भन्ने भनाइले व्यापकता पाएको थियो र हालसम्म पनि कथाका रुपमा यो भनाइ चलन चल्तिमा नै छ ।

मेचीपारी टिष्टावारीको गोर्खाहरुको भनाइ यस्तो छः

अंग्रेजहरुको सम्पर्क र भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएका गोर्खाहरु पढेलेखेका विद्धान् बुद्धिजीविहरु छन्, टाठा बाठा छन् । दार्जीलिङ विकसित ठाउँ हो । यस्ता ठाउँमा बसेका गोर्खाहरुलाई जमिनसँगै नेपाल सरकारले लिएको खण्डमा प्रजातन्त्रको माग गर्न सक्छन् । यदि यस्ता मागहरु उठे भने राणा शासनको पतन हुन्छ भन्ने ठानेर मेची पूर्व र टिष्टा पश्चिम, जलपाई गढी, मैनागढी, धूपगढी र पश्चिम डुवर्स सहित हालको बङ्गलादेशको सीमाना तकका गोर्खाहरुलाई राणाहरुको श्री ३ सरकारले नलिएको हो भन्ने भनाइ हालसम्म पनि प्रचलित नै छ ।
ब्यारिष्टर डम्बर सिं गुरुङ्को नेतृत्वमा आएको डेलिगेसन र राणाहरुको भारदारी सभामा अरु के कस्ता वार्ता भएका थिए सार्वजनिक भएनन् । तर तात्कालिन प्रधानमन्त्री श्री ३ पद्म समशेरले डेलिगेसनमा आएका दार्जीलिङका गोर्खाहरुले चित्त दुखाए होलान् भन्ने सोचेर होला सन् १९४६ को १३ जुनका दिन हाम्रा गोर्खाहरुले भारतमा हेपिन नपरोस् भनेर व्रिटिश सरकारसँग खुकुरी भिरेर हिँड्न सक्ने व्यवस्था गरिदिएको देखिन्छ ।
यो डेलिगेसनको सम्बन्धमा व्रिटिश इण्डिया सरकारका Lieutenant . General Sir Francis Tuker, K.C.I.E.,C.B., D.S.O., O.B.E. ले सन् १९४६ मा प्रकाशित गरेको ‘While Memory Serves’ भन्ने पुस्तकमा निम्न विवरण उल्लेख भएको छ ।
The League ostensibly regarded its adherents as Indian Nationals and said so . It suited their politics and it will suit them for a while yet . Its relations with the Ranas, the ruling family of Nepal, were a matter of some speculation until after Dhamber Singhs visit to that country in late 1946.On his return he sang, not unexpectedly, a pleasantly friendly refrain. This, to us, was significant, for his politics had certainly not been agreeable to his despotically ruled fatherland. There was talk of Darjeeling and Jalpaiguri being returned to Nepal despite the fact that many of the inhabitants of these districts were Gorkhas who had left Nepal because of the imposition of the Nepal Raj, to find a freer life in British India. The hillmen of Kalimpong and Darjeeling dread a return to the rule of Nepal .
भारत स्वतन्त्र भयो सन् १९४७ मा । THE INDIAN INDEPENDENCE ACT, 1947 प्रकाशित भयो । सो कानूनमा भारतका अरु विभिन्न प्रान्तहरुका नाम, विवरण आदि उल्लेख भएका छन् । तर मेची पूर्व टिष्टा पश्चिमको भूभाग दार्जीलिङ्को कतै नाम निशाना छैन । पहिले गोर्खा राष्ट्रको अनि इष्ट इण्डिया कम्पनीको, फेरी सिक्किमको त्यसपछि फेरि इष्ट इण्डिया कम्पनीको, कम्पनीले पनि कहिले राजशाही डिभिजनबाट शासन गर्ने कहिले भागलपूर डिभिजनले हेर्ने गरेर अस्तव्यस्त पारेर राखेको, मालिक विहिन बनाएको, गुहार माग्दा पनि टुङ्गो लाग्न नसकेको, सन् १९५० को नेपाल भारत मैत्री सन्धिको धारा–८ ले नेपालको देखिएको, नेपालमा गएर गुहार माग्दाखेरि गुहार नपाएको, आफ्ना पुर्खाको पौरख आफ्नो जन्मभूमिको बेहाल देखेर गोर्खा लिग पार्टी (तात्कालिन गोर्खाहरुको एउटै मात्र पार्टी) ले नेहरुलाई निवेदन दिएको देखिन्छ ।
सायद डेलिगेसनमा आएका गोर्खाहरुको उद्देश्य पुरा नभएर नै होला मेची पूर्व र टिष्टा पश्चिमको भूभागलाई वेवारिसे अवस्थामा न छोडी एउटा टुङ्गामा पु¥याइयोस् भन्ने निम्न लिखित ३ ओटा माग राखी, २९ अप्रिल १९५२ का दिन अल इण्डिया गोर्खा लिग पार्टीका तर्फबाट भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुलाई निवेदन दिए । ती मागहरु निम्नानुसार छन् ।
i. That the district be a separate Administered Unit directly administered by the centre.
ii. That a separate Province be set up comprising the district of Darjeeling and the neighbouring areas.
iii. That the district of Darjeeling with section of Jalpaiguri viz.the Dooars be included in Assam.
माथि उल्लेखित मागहरु भारतीय प्रधानमन्त्री समक्ष किन राखियो भन्नेतर्फ विचार गर्ने हो भने अर्को लेख तयार हुन सक्छ । आफ्ना पुर्खाले आर्जेको जमिनको यो अवस्था हुँदा पनि हाम्रो नेपालको विगतको श्री ५ को सरकार त निकम्मा भएर गयो तर हालको गणतन्त्र नेपालको नेपाल सरकारसँग माथि उल्लेख भएका विषयहरुमा बोल्ने तागत छ/छैन ? यदि छ भने आफ्नो भएर पनि वेवारिस पारिएको जमिनप्रति किन कानमा तेल हालेर चुप लागी बसेको हो? यो देख्दा राष्ट्रवादी नेपालीहरुले जुर्मुराउनु के स्वाभाविक होइन र?
नेपाल जस्तै सिक्किम पनि एक सार्वभौम सम्पन्न स्वतन्त्र हिमाली राज्य थियो । नेपालमा जस्तै सिक्किम मा पनि भारतको गिद्दे नजर थियो, त्याहाको साधन स्रोत माथि कब्जा गर्ने नजर थियो, जुन योजना भारतले अन्तत: सफल गराई छाड्यो ।

सिक्किम लाई दया, माया र सहयोग को प्रलोभन मा फसाएर भारत ले आफ्नो काम फत्ते गरेको थियो । शुरुमा सिक्किम लाई विकाश को लाभ देखाउदै ' सिक्किम रेडियो स्टेशन स्थापना गरेर सिक्किम लाई सहयोग गरे जस्तो गर्यो, र सिक्किम स्वतन्त्र राष्ट्रहो भन्ने सन्देश विश्व लाई दिन पछि परेन भने कुनै पनि वाह्य देश बाट हुने आक्रमण बाट बचाउने प्रतिबद्दता गर्दै सिक्किम लाई आफ्नो सुरक्षा छाता मा राख्यो । भारत माथि सिक्किमले ठुलो विश्वाश गरेर आफ्नो सम्पुर्ण सुरक्षाको जिम्मा भारत लाई दियो । त्यो नै सिक्किमको ठुलो भुल साबित भयो ।

सिक्किमको विश्वाशको फाईदा उठाउदै एकदिन सिक्किममा खचाखच भारतिय सेना आए । ती किन आए त्याहाको दरबारलाई थाहा थिएन । ६/७ सय मिट टाढाबाट दरवारकोको ढोकामा पुगेको अनायास रुपमा द्वारपालेलाई गोली हानेर मार्यो । अस्त्रशस्त्र समर्पण गर्ने चेतावनी पनि दिईएन । सन् १९७१ को पुर्वी पाकिस्तानको पतनपछि पाकिस्तानी बन्दीहरुलाई जे व्यवहार गराएको थियो त्यही व्यवहार त्याहा गरियो र भाग्ने चेष्टा गरेको खण्डमा गोली हानिने चेतवानी पनि दिईएको थियो । ३० मिनेटको समयमा सबैलाई निशस्त्र पारियो । सुनन्दा रायका अनुसार त्यस आक्रमणमा चोईग्याल मारिएको भए इण्डियन निजामतिका 'रअ' का कर्मचारी बढी खुशी हुने थिए ।

ईण्डीयासँग सिक्किमको कुनै दुश्मनी थिएन, विबाद र कुनै गल्ती पनि गरेको थिएन । बरु सिक्किमलाई त ईण्डीयाले देशको संरक्षकत्व बहन गरिदिन्छ भन्ने आशा थियो । बेईमानि र दुष्टको कुनै ओषधि हुदैन । चोइग्याल लाई थाहा नदिई एक्कासि हामला गर्नु पनि 'रअ' को ग्राइण्ड डिजाईन नै थियो । थाहा पाएको भए गार्डले केही दिन थेग्न सक्तथ्यो जुन बेलासम्म विश्व समुदायको आखाँ पर्न सक्तथ्यो ।

अन्नतत: भारतले सिक्किम लाई बाह्य देशको आक्रमण बाट बचाई राख्ने जिम्मा लिएको थियो तर उसैले नै सिक्किम माथि आक्रमण गरेर आफ्नो देश बनाएको थियो ।
भारतले सहयोग र मदतको नाम मा सिक्किम को काम फत्ते गर्यो भने भुटान लाई आफ्नो सुरक्षा छाता भित्र राखेको छ , जन गल्ति ले गर्दा सिक्किम को काम फत्ते भयो ।
किराती हरुको शासनकाल कमजोड भएपछि नेपाल ५४ भागमा बिभाजित भयो यसरी बिभाजित भएको नेपाललाई गोरखा का राजा पृथिबीनारा़ण शाहाको साहस र गोर्खेली सेनाको अटले एकिकरण गर्न तम्सिए र वि.स. १७९९ बाट वि.स १८६३ सम्म सेना पति अमर सिह थापा सम्म आई पुग्दा नेपालको सिमाना पुर्वमा टिस्टा देखी पस्श्चिममा सतलज सम्म एकिकृत भएर बिशाल नेपालको रचना भयो। तर 1 Nov 1814 का दिन ईस्ट ईन्डिया कम्पनिको तर्फ बाट जनरल हिस्टिगंस् ले नेपाल बिरुद्द बिधिवत युद्धको धोषणा गरे । ५ ठाउ बाट अग्रेजले नेपालमा आक्रमण गर्यो । जस्मा नेपालले नेपाल ले ३ ठाउमा विजय हात पार्यो भने २ ठाउमा कपट पुर्ण हारको शिकार बन्यो नेपाल। यसरी पराजयको शिकार बनेको नेपाल माथी अग्रेज ले असमान र अन्याय पुर्ण सुगौली सन्धी गर्न मजबुर पारीयो तर नेपाल त्यस्तो असमान संधि गर्न राजि नभए पछि अग्रेजले जितेका तराईको केही भू- भाग फिर्ता गर्यो र सन् 1815 Dec 2 का दिन नेपालको तर्फ बाट चन्द्र शेखर उपाध्याए र गजराज मिश्र र ईस्ट ईन्डीया कम्पनि तर्फ बाट लेफ्टेनेन्ट कर्नेल ब्राडशाहा बिच नवलपरासीमा सुगैली संधिमा हस्ताक्षर भयो र नेपाल ले एक तिहाई भू-भाग ईस्ट ईन्डीया कम्पनि लाई सुम्पनु पर्यो । सन् 1857 मा भारतमा ईस्ट ईन्डीया कम्पनि सरकारको बिरुद्दमा चलेको सिपाही बिद्रोहमा जंगबहादुर ले सेना सहित ठुलो सहयोग गरे त्यस बाट खुसी भएर ईस्ट ईन्डीया कम्पनि सरकार ले 1860 Nov मा सुगैली संधि अनुसार नेपाल ले गुमाएको भू-भाग मध्ये बाँके, बर्दिया,कैलाली र कंचनपुर फिर्ता दियो । यसरी सुगौली संधि पछि २ पटक नेपालको भू-भाग फिर्ता भएपछि बर्तमान को नेपाल बन्यो सन् 1947 मा बेलायत (ईस्ट ईन्डीया कम्पनि) द्वारा भारत स्वतन्र भयो र अगस्ट १४ र १५ तारिखमा पाकिस्तान र भारतको स्थापना भयो । छिमेकी मुलुकको नाताले भारत संग नेपालको सन् १९५० मा नया संधि भयो । सन् १९५० मा भारत संग भएको संधिले बेलायत (ईस्ट ईन्डीया कम्पनि ) संग भएको सबै सन्धि हरु रद्द गर्यो अर्थात सुगौली सन्धि पनि रद्द भयो । !!!!!!!! त्यसै समय सन् १९५० को नेपाल–ब्रिटेन (ईस्ट ईन्डीया कम्पनि ) सन्धिबाट पनि सुगौली सन्धि खारेज भईसकेको छ । यसर्थ सुगैली सन्धि बाट गुमेको पश्चिमको कुमाउ र गढवाल अनि पूर्वमा दार्जिलिंग र सिक्किम स्वत नेपालको हुन आउछ । तर बास्तबिकता मा यस्तो भएको छैन । भारतको संविधान मा पनि ति भू-भाग हरु भारतको हो भनेर उल्लेख गरियको छैन । यसै मुद्दा मा भारतको सुप्रिम कोर्ट ले पनि सम्बैधानिक रुपले गलत ठह्रायर मुद्दा खारेज गर्न सकेन र सबैधानिक रुपमा नुरुपण गर्दा ति भू-भाग फिर्ता गर्नु पर्ने स्थिती आए पछि राजनैतिक मुद्दाको करार दएर राजनैतिक रुपमा समाधान खोज्न भन्यो । तर भारतको दब दबा रहेको नेपालको राजनितिमा कुनै नेताले यो बिषयमा कुरा उठाउने साहस भएन र यस्तो फैसला ले भारत लाई फाईदा पुग्यो र नेपाली लाई घाटा!! यदि हाम्र नेताहरुले त्यो भूमी मागेर विश्व अदालतमा कुरा मात्र उठाउन सकेमा पनि सबै देँश ले यहा सम्म की UN ले पनि सहायता गर्छ र विश्व अदालतको निर्णय नेपालको पक्षमा गर्ने छ तर हाम्रा नेता हरु नउठ्नुनै हामी नेपाली माथि घात भएको छ। हाम्रो ईतिहास केवल विरता र गौरवको मात्र होईन थुप्रै पराजय, असफल र भोग्नु परेको अन्याय को पनि हो। ईतिहासमा र बिभिन्न काल खण्डमा भएका त्रुटि, गल्ती र ईतिहासमा भएका अन्याय हरुलाई सच्चाउने अधिकार ति देशका जनता र राष्ट्र लाई जहिले पनि हुन्छ नया सोच र द्रिष्टी ले जब ईतिहास खोतल्न सुरु हुन्छ तब ईतिहास ले नयाँ र युगान्तकारी र प्रगतिशील आधार हरु प्रदान गर्दै जान्छ ।
किराँत काल मुख्य लेख: किराँत काल काठमाडौं उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडी यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एशिया, भारत र हिमालयबाट आएर बस्न थाले। किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ। लिच्छवी काल मुख्य लेख: लिच्छवी काल सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौंमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् । नेपाल एकिकरण विसं १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोच सँगै नेपालको एकिकरणको सुरुवात भयो। उनले प्रथम पटक नुवाकोटमा विसं १८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए। फेरी विसं १८०१ म दोस्रो पटक आक्रमण गरी उनले नुवाकोटमाथी विजय प्राप्त गरे। त्यसपछि उनले विसं १८१४ र विसं १८२१ मा किर्तिपुरको युद्धमा दुबै पटक नराम्रो हार ब्यहोर्नु पर्यो। यस युद्धमा किर्तिपुरेहरूले सेनापति कालु पाण्डेलाई मारिदिए र पृथ्वी नारायण शाह भाई सुरप्रतापको आँखा समेत फोडिदिए। विसं १८२२ चैत्र ३ गते पुन: किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे। पृथ्वी नारायणले विसं १८२५ भाद्र शुक्ल चर्दुशीमा काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको दिन पारेर आक्रमण गरेर जित हासिल गरे। यसपछि उनले क्रमश: विसं १८२५ आश्विन २२ मा ललितपुर, विसं १८२६ कार्तिकमा भक्तपुरमाथी विजय प्राप्त गरे।

Followers

Video

Online earning in Nepal

Popular Posts